मूल खबर

मेचीनगरको मोबाईल एप्स बनाउन खर्च लाग्यो दुई लाख ४५ हजार तर कतै भेटिदैन त्यो एप्स !

मेचीनगर ।झापाको मेचीनगर नगरपालिकाले मोबाईल एप्स निमार्णका लागि दुई लाख ४५ हजार भुक्तानी गरेको भए पनि सो एप्स भने खोजी गर्दा भेटिएको छैन । चौतारी पोष्ट अनलाइनलाई प्राप्त जानकारी अनुसार निमार्ण गरे बापतको रकम एक फर्मलाई भुक्तानी गरिएकोछ ।तर, रकम भुक्तानी भए पनि सो एप्स भने अहिले सम्म निमार्ण भए नभएको थाहा नभएको नगरपालिका सुत्रले चौतारी पोष्ट अनलाइनलाई बतायो ।
मेचीनगर नगरपालिकाले सो एप्स निमार्ण बापतको रकम गएको असारमा एक फर्मलाई भुक्तानी गरिसकेको छ तर एप्स अहिले सम्म निमार्ण भएको देखिदैन ।प्लेस्टोरमा गएर सर्च गर्दा सो एप्स कतै भेटिदैन । मेचीनगर नगरपालिकाको संक्षीप्त जानकारी रहने गरि निमार्ण हुने भनिएको सो एप्स निमार्ण बापतको रकम भुक्तानी हुनु तर एप्स निमार्ण नहुनुले  नगरपालिका भित्रको आर्थीक बेतिथिलाई उजागर गरेको छ । बनाउँदै नबनाएको शिर्षकमा दुई लाख ४५ हजार रकम भुक्तानी गर्नुले मेचीनगर नगरपालिका भित्र कति सम्म आर्थीक चलखेल हुने रहेछ भन्ने तथ्यलाई छर्लङ्ग पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button