
गजल
गरिब आफ्नै देशको पनि हकदार कतैछैन्,
श्रमजिविहरूको आफ्नो सरकार कतैछैन्।
साच्चै पसिनाकै भरमा जल्छ घरभित्र चुलो,
अर्को कुनै नी जिवन धान्ने आधार कतैछैन्।
गरिब मुक्तिका नारा त लगाउँछन बन्न नेता,
मुक्तिकै बाटो नडराई लाग्ने औतार कतैछैन्।
बनाएका छन बन्धक आफ्नो देश स्वार्थमा,
हाम्रो देशभित्र जस्तोजातीय दरार कतैछैन्
युवाशक्ती भाडामैछ बिक्छ सम्पत्ती देशको,
हाम्रो देशको जस्तो अनौठो व्यापार कतैछैन्।
न खोजौँ दुनियामा कतै मनमष्तिकमै खोजौँ,
आमूल परिवर्तन गर्ने अन्त औजार कतैछैन।

