मूल खबर

झापा क्षेत्र नं १मा गठबन्धनको पक्षमा जनलहर—शर्मा

मेचीनगर । झापा क्षेत्र नं १ का उम्मेद्वार तथा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यो क्षेत्रले समग्र देशको नेतृत्व गर्ने बताएका छन् ।
लोकतान्त्रिक बाम गठबन्धन झापा क्षेत्र नं १ को आइतबार मेचीनगर–२ मा सम्पन्न टोल पैदल यात्राका क्रममा साझा उम्मेद्वार शर्माले राष्ट्रियव्यापी रुपमा गठबन्धनले जनताको जीवनयापन सहज बनाउन नेतृत्वदायी भूमिका खेल्ने बताए । ‘हामी तपाईंहरुमाझ भोट माग्दै आएको छौँ,’ शर्माले भने, ‘तपाईंहरुले दिनु भएको एकमत पनि खेर नजानेगरी काम गरेर देखाउनेछौँ । शर्माले झापाको क्षेत्र नं १ मा गठबन्धनको पक्षमा जनलहर आएको बताउँदै जनताको यो उत्साह र विश्वासलाई आफुहरुले कहिल्यै नभुल्ने समेत बताए ।
उनले गठबन्धन दलहरु उर्जा, एकता र जाँगरका साथ चुनावमा होमिएको बताए । ‘काँग्रेस, माओवादी केन्द्र र समाजवादी पार्टीबीचको एकतालाई बिथोल्ने प्रयास भइरहेको छ,’ उनले भने, ‘हामीबीचको एकता नै जितको सुनिश्चितता हो ।’ शर्माले झापा क्षेत्र नं। १ सहित समग्र राष्ट्रको विकासमा गठबन्धन दलहरु एकढिक्का भएर अघि बढ्ने बताए । ‘यो क्षेत्रको विकासलाई मैले गम्भीररुपमा लिएको छु,’ उनले भने, ‘सीमा क्षेत्रको व्यवस्थापनदेखि जनताको जीवनयापन सहज बनाउन मेरो टिम लागि पर्नेछ ।’
उम्मेद्वार टोल पैदलयात्राका क्रममा मेचीनगर–२ स्थित समृद्धि टोलका बासिन्दा नेपाली काँग्रेस पार्टी प्रवेश गरेका छन् । स्थानीय लोकेन्द्र लिङ्मेन, सोमकुमार राना, सीमा तामाङ, घनश्याम सारुसहित एकसय जनाले गठबन्धनलाई जिताउन भन्दै काँग्रेस पार्टीमा प्रवेश गरेका हुन् ।


टोल पैदल यात्रामा प्रदेश ‘क’ का उम्मेद्वार गोपाल तामाङ, समानुपातिक उम्मेद्वार बालाजित राई, नेपाली काँग्रेस प्रदेश नं१ का सभापति उद्धव थापा, झापाका कार्यवाहक सभापति केशवराज पाण्डेलगायत नेताहरु सहभागी थिए ।
यस्तै, गठबन्धन दलबाट प्रदेश ‘ख’ का साझा उम्मेद्वार श्यामविर लिम्बूले मतदातासँगको भेटघाटलाई तीब्र पारेका छन् । जनताले रुचाइएका उम्मेद्वारसमेत रहेका लिम्बू उत्साही भएर मतदातासँग प्रत्यक्ष भेटघाट गरिरहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button