मूल खबर

धुलाबारी जेसीजको पद हस्तान्तरण

मुक्ति पौडेल
धुलाबारी । धुलाबारी जेसीजको ४३ औँ पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । धुलाबारी टाउनहलमा धुलाबारी जेसीजको ४३ औँ पद हस्तान्तरण र जुनयिर जेसीजको पाँचौँ पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।

सन् २०२३ का लागि अध्यक्षमा योगेश राजवंशी सर्वसम्मत चयन भएका थएि । त्यस्तै, कार्यकारणिी उपाध्यक्ष भूमी पौडेल र मन्जलि रसाइली, उपाध्यक्ष आशीष पौडेल, शशिरि पोखरेल, सुलभ भण्डारी र श्याम सविाकोटी चयन भएका थिए ।

त्यस्तै, अध्यक्ष राजवंशीले महासचिवमा मनोज ढकाल, कोषाध्यक्षमा डिल्लीराम भण्डारी, कानुनी सल्लाहकारमा खेमराजनिरौला, सचिव शैलेश गौतम, तालमि संयोजक विकास खड्का, सञ्चार संयोजकमा विनिसा शर्मा र जनसम्पर्क अधकिारीमा निश्च्ल पौडेललाई नियुक्त समेत गरेका छन् ।

वर्ष २०२२ का अध्यक्ष रविन पाठकले अध्यक्ष राजवंशीलाई सपथ गराएका थिए भने वर्ष २०२३ का अध्यक्ष राजवंशीलाई पूर्वअध्यक्षहरुले जेसीज अध्यक्षीय चेन पहर्यिाएर जिम्मेवारी सुम्पएिका थिए ।

त्यस्तै, जुनयिर जेसीजको अध्यक्षमा आर्यन पौडेल सर्वसम्मत चयन भएका छन् । त्यस्तै, कार्यकारणिी उपाध्यक्षमाविवस न्यौपाने र राहुल रौनयिार, उपाध्यक्षमा हामिल राजवंशी, मन्जलि लावती, मदन चमिरयिा, अभिषेक शाह रहेका छन् ।

अध्यक्ष भण्डारीले महासचिवमा रुक्सना शविाकोटी, कोषाध्यक्ष विष्णु चिमरिया कानुनी सल्लाहकार सृजित ढुङ्गाना, सहसचवि स्वस्तिका चिमरिया , तालमि संयोजक राकेश शाह, सञ्चार संयोजक सुष्मा तामाङ, जनसम्पर्क अधकिारीमा पूजा अधकिारी, फेलोसिप संयोजक श्रेया खतविडा र पुनर्मलिन संयोजक विशाल चौधरीलाई नियुक्त गरेका छन् ।

प्रतनिधिसिभा सदस्य विश्वप्रकाश शर्मा प्रमुख अतिथि रहेको सो कार्यक्रमको वशिष्टि अतिथि नेपाल जेसीज वर्ष २०२२ का राष्ट्रिय उपाध्यक्ष (धुलाबारी शाखा) नरपति अनुप सुनुवार, नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष चरण प्रसाईं, नेपाल जेसीज वर्ष २०२३ का राष्ट्रयि उपाध्यक्ष स्वस्तकिा आचार्य, मेचीनगर लेडी जेसीजको संस्थापक अध्यक्ष कवतिा शर्मा लगायतको आतिथ्यता रहेकोथियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button