मूल खबर

सैनिक कमाण्ड तथा स्टाफ तालिमको दीक्षान्त समारोह सम्पन्‍न

सैनिक कमाण्ड तथा स्टाफ तालिमको दीक्षान्त समारोह सम्पन्‍न । तस्बिर: श्री जनसम्पर्क तथा सूचना निर्देशनालय, जंङ्गी अड्‍डा ।

गाेरखापत्र अनलाइन

काठमाडाैँ । प्रधानसेनापति प्रभुराम शर्माले अन्तर्राष्ट्रिय तथा क्षेत्रीय घटनाक्रमले मुलुकको परिस्थितिलाई समेत प्रभावित गरिरहने भए तापनि नेपालको सिमानाभित्र नेपाली सेनाले निर्वाह गर्दै आइरहेको भूमिका अपरिवर्तनीय रहने कुरा बताउनुभएको छ ।

सैनिक कमाण्ड तथा स्टाफ कलेजमा वैशाख ०५ गते सुरु भएको सि.सं. २९ कमाण्ड तथा स्टाफ तालिमको दीक्षान्त समारोहमा प्रधान सेनापतिले नेपाली सेनाको भूमिका, कर्तव्य तथा जिम्मेवारीहरू संविधानबाटै निर्देशित हुनुको साथै स्वदेशमा र अन्तर्राष्ट्रिय क्षेत्रमा पनि बहुआयामिक चरित्रका भएको बत्ताउनुभयो ।

सेनाका तीन महिलासहित ८० अधिकृत, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका एक एक गरी ३ जना अधिकृत तथा श्रीलङ्का, केन्या, नाइजेरिया, पाकिस्तान, बङ्गलादेश, बेलायत, भारत, मालदिभ्स र संयुक्त राज्य अमेरिकाका एक एक गरी नौ जना

विदेशी अधिकृतसहित जम्मा ९२ जना शिक्षार्थी अधिकृतले उक्त तालिममा भाग लिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button