मूल खबर

मेची सामुदायिक सेवा केन्द्रले मर्मत गर्दै काँकरभिट्टा क्षेत्रका सिसि क्यामेरा

काँकरभिट्टा । नेपालको पुर्वीनाका काँकरभिट्टा बजार क्षेत्रमा जडान गरिएका सिसि क्यामेराले लामो समयदेखि काम नगरेको खुल्न आएको छ । बजार क्षेत्रमा आपराधिक गतिविधि नियाल्नका लागि केही बर्ष अघि २१ थान क्यामेरा जडान गरिएको थियो ।

उचित व्यवस्थापन र नियमित मर्मतको काम नुहुँदा २१ मध्ये ३ थान क्यामेरा नै हराएका छन भने भएका १८ वटा क्यामेरा पनि चल्दैनन । सीमा नाकाको बजार क्षेत्रमै जडान गरिएको सिसि क्यामेरा नचल्ने अवस्थामा हुँदा यहाँको शान्ति सुरक्षा कायम राख्न र अपाराधिक गतिविध समेत निगरानी गर्न असहज हुने भएकाले उपलब्ध क्यामेराको मर्मतका लागि मेची सामुदायिक सेवा केन्द्रले काम शुरु गरेका केन्द्रका अध्यक्ष मुक्ति पौडेलले बताए ।

काँकरभिट्टा क्षेत्रमा जडान गरिएका सिसि क्यामेरा बिग्रिएको र हराएको जानकारी पाएसगैँ मेची सामुदायिक सेवा केन्द्रको पहलमा मर्मत गर्न शुरु गरिएको पौडेलको भनाई छ । । सिमाको सुरक्षालाई मध्यनजर गर्दै सबै सिसि क्यामेरा सञ्चालन गर्ने गरी मर्मत व्यवस्थापन शुरु गरिएको सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेलले बताए । सिसि क्यामेराका सबै तार चुँडिएका छन,’ पौडेलले भने, ‘हराएका क्यामेराको ठाउँमा नयाँ जडान गर्ने र सबै तार नयाँ फेर्ने काम हुँदैछ, करीब एक लाख खर्च गरेर सामुदायिक सेवा केन्द्रले सबै सिसि क्यामेरा एक दुई दिन भित्रैमा पुन सञ्चालनमा ल्याउन लागेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button