
काँकरभिट्टम । झापाको काँकरभिट्टास्थित एमिटी पब्लिक विद्यालयको चौथो स्थापना दिवस मनाइएको छ ।
विद्यालयका संस्थापक प्रिन्सिपल सुवर्ण भट्टराईको सभापतित्व तथा शिक्षा विकास तथा समन्वय ईकाई झापाका प्रमुख राजकुमार विकको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यार्थीले गित, नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा उत्कृष्ट विद्यार्थी र विद्यालयका सहयोगी तथा अभिभावकहरूलाई सम्मान समेत गरिएको थियो । प्रिन्सिपल भट्टराईलाई विद्यालयको शैक्षिक तथा अतिरिक्त क्रियाकलापका बारेमा जानकारी गराएका थिए ।
विद्यालय स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमका बिच विद्यार्थीहरूको क्रियाकलापका विभिन्न स्टलहरू पनि प्रर्दशनीका लागि राखिएको थियो ।



