मूल खबर

महँगोमा चीनबाट सैन्य सामग्री किन्दै सेना

काठमाडौं नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय मिसन शान्ति सेनाका लागि ६ अर्ब रुपैयाँ बराबरका सैनिक सामग्री खरिद गर्न लागेको छ। सेनाले छिमेकी मुलुक चीनबाट ६ अर्ब रुपैयाँ बराबरका २६ वटा आर्मोड पर्सोनेल क्यारियर (एपिसी) र हतियार खरिद तयारी अन्तिम चरणमा पुर्‍याएको छ।

शेरबहादुर देउवा नेतृत्वको पूर्ववर्ती सरकारले चीनबाट २६ वटा एपिसी, ७२ वटा ट्याक्टिकल भेहिकल र गोली खरिद गर्ने निर्णय गरेको थियो। सो निर्णयलाई पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारले कार्यान्वयन गर्न सेनालाई अनुमति दिएको स्रोतले जनाएको छ। स्रोतका अनुसार सेनाले चीनबाट १० हजार थान सिक्यु राइफलसमेत खरिद गर्ने भएको छ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले भने चीनबाट सैन्य सामग्री खरिद विषयमा आफूलाई जानकारी नभएको बताए। ‘नेपाली सेनाले सैन्य सामग्री खरिद गर्दै छ भन्नेबारेमा मलाई जानकारी छैन, म बुझेर खबर गरौंला,’ उनले भने। नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय मिसन शान्ति सेनाका लागि ६ अर्ब रुपैयाँ बराबरका सैनिक सामग्री खरिद गर्न लागेको छ।

सेनाले आफ्नो कल्याणकारी कोषबाट शान्ति सेनालाई आवश्यक पर्ने गाडी र गोली चीनबाट खरिद गर्न लागेको स्रोतको दाबी छ। जसका लागि दुई साताअघि प्रक्रिया अघि बढाइएको हो। कल्याणकारी कोषको पैसाबाट सेनाले भारतबाट पनि चारवटा एपिसी किन्ने भएको छ। भारतको महिन्द्रा कम्पनीबाट चारवटा एपिसी खरिदका लागि कोटेसनसमेत लिइसकेको छ। भारतबाट ल्याउन लागिएका एपिसीको मूल्य एउटाको करिब चार करोड रूपैयाँ पर्छ भने चीनबाट खरिद गर्न लागिएका एपिसीको मूल्य एउटाको सात करोड ७५ लाख रूपैयाँ रहेको स्रोतको दाबी छ।

प्रधानमन्त्री दाहालको भारत भ्रमणको तयारी भइरहेका बेला नेपाली सेनाले चीनबाट महँगो मूल्यमा सैन्य सामग्री खरिद गर्न लागेको हो। कुनै पनि मुलुकले दिने सैन्य सामग्रीको मूल्य सार्वजनिक गर्न नमिल्ने भए पनि चिनियाँ कम्पनी नर्थ इन्डस्ट्रिज कर्पोरेसन ९नोरिन्को० ले दररेट नै सार्वजनिक गरेको छ।

भारतमा करिब ४ करोड रूपैयाँ पर्ने एपिसीको मूल्य चीनले ७ करोड ७५ लाख रूपैयाँ तय गरेको छ। सैनिक स्रोतका अनुसार खरिद गर्न लागिएको एपिसीको अनुगमन, निरीक्षण गर्न एउटा टोली चीन गइसकेको छ। नोरिन्को कम्पनीले उत्पादन गर्ने एपिसीको गुणस्तर कमजोर मानिएको छ।

सन् २०१९ मा केन्यामा भएको एक घटनामा विद्रोही पक्षले हमला गर्दा राष्ट्रसंघीय मिसनमा खटिएका पाँच सैनिकको मृत्यु भएको थियो। चीनबाट खरिद गरिएको गुणस्तर कमजोर भएको एपिसीका कारण शान्ति मिसनमा खटिएका सैनिकको मृत्यु भएको दाबी स्रोतको छ। सेनाले यस्तो विवादित कम्पनीबाट प्रतिस्पर्धाबिनै हतियार खरिद गर्न लागेको हो। सैन्य सामग्री खरिद प्रक्रिया जिटुजीअन्तर्गत हुने दाबी सेनाको छ।

सेनाले आफ्नो कल्याणकारी कोषबाट शान्ति सेनालाई आवश्यक पर्ने गाडी र गोली चीनबाट खरिद गर्न लागेको स्रोतको दाबी छ। जसका लागि दुई साताअघि प्रक्रिया अघि बढाइएको हो।

सामान खरिदका लागि चिनियाँ कम्पनी नोरिन्कोले नेपाली एजेन्टसमेत तयार पारेको स्रोतले जनाएको छ। चीनबाट सामान आउने भएपछि नेपाली प्रतिनिधिका रूपमा राजकुमार नाइडु नामका व्यापारी त्यसको एजेन्ट रहेका छन्। एजेन्ट तय गर्नकै लागि नोरिन्कोको प्रतिनिधिमण्डल दुईपटक काठमाडौं आएर सेनालाई सामान पठाउन राजी भएको थियो। स्रोतका अनुसार चीनबाट एकैपटक ठुलो परिणाममा हतियार खरिद गर्ने भएपछि स्थानीय पुरानो एजेन्ट नै परिवर्तन गरी व्यापारी लोकेन्द्र कार्कीमार्फत हतियार ल्याउन लागिएको हो। नाइडु उनै कार्की निकट व्यक्ति हुन्।

‘बिनाप्रतिस्पर्धा सेनाले जिटुजी भनेर गोप्य रूपमा परराष्ट्र मन्त्रालयको सल्लाहबिना सिधै चिनियाँ दूतावासलाई पत्र पठाएर चीनबाट २६ वटा एपिसी र ७२ वटा ट्याक्टिकल भेहिकल खरिद गर्न लागेको छ,’ स्रोतले भन्यो। चीनबाट सेनाले एपिसी खरिद गर्ने पक्का भएपछि उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग चिनियाँ अधिकारीहरूले पनि भेटघाट गरिसकेका छन्।

सामान खरिदका लागि चिनियाँ कम्पनी नोरिन्कोले नेपाली एजेन्टसमेत तयार पारेको स्रोतले जनाएको छ। नागरिक दैनिकबाट

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button