मूल खबर

सुर्खेतमा आज पूर्वराजाको नागरिक अभिनन्दन

सुर्खेत । पूर्वराजा ज्ञानेन्द्र शाहको आज सुर्खेतमा नागरिक अभिनन्दन गरिने भएको छ ।

सुर्खेतमा हुने नागरिक अभिनन्दन ग्रहणका लागि उनी अपराह्न कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर आउने छन् ।

राप्रपा सुर्खेतका अध्यक्ष कविराम पुरीका अनुसार पूर्वराजाको नागरिक अभिनन्दन कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको छ । उनका अनुसार पूर्वराजा शाहसहित पूर्वमहारानी कोमल, पूर्वयुवराज्ञी हिमानी शाह पनि अभिनन्दन कार्यक्रममा सहभागी हुनेछन् ।

अभिनन्दन कार्यक्रम पश्चात् राजपरिवारले देउती बज्यै मन्दिर र कालिका मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको छ ।जनता समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button