मूल खबर

नाम बदल्दै संस्थागत विद्यालय

निर्देशिकाको दायरामा नआए कारबाही

काठमाडौं । काठमाडौंको बानेश्वरमा रहेको ‘भ्याली भ्यु इन्टरनेसनल स्कुल’को नाममा अहिले ‘इन्टरनेसनल’ शब्द देखिँदैन।

काठमाडौंकै बौद्ध, चुच्चेपाटीमा रहेको ‘प्राक्सिक इन्टरनेसनल स्कुल’ले नाम सच्चाएर ‘मनास्लु वर्ल्ड स्कुल’ कायम गरेको छ। ‘प्याराडाइज इन्टरनेसनल स्कुल’को नाम पनि पुरै परिवर्तन गरी ‘सुनौलो क्षितिज’ राखिएको छ।

यसैगरी काठमाडौंकै कालिमाटीस्थित ‘एमइटी विथ कोएजुकेसन विद्यालय’ले पुरै नाम परिवर्तन गरी ‘सुप्रिम स्कुल’ राखेको छ। कालिमाटीस्थित ‘क्रिस्टल इन्टरनेसनल एकडेमी’ले पनि नाम परिवर्तन गरी ‘वेदाङ स्कुल’ राखेको छ। ‘इस्टवेस्ट इन्टरनेसनल स्कुल’ कालिमाटीले नाम बदलेर ‘दक्षता’ बनाएको छ।

यी त उदाहरण मात्र हुन्, अहिले काठमाडौंका निजी विद्यालयहरू नाम परिवर्तन गर्ने चटारोमा छन्। चटारो नहोस् पनि कसरी, विद्यालय शिक्षा व्यवस्थापन निर्देशिका, २०७४ को नियम ७० को उपदफा २ कार्यान्वयन गर्न मेयर बालेन्द्र साह (बालेन) ले कडा निर्देशन दिएका छन्।नागरिक दैनिकमा  छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button