मूल खबर

बिचौलियालाई छेउछाउ पर्न दिइनँ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता अस्वीकार गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलका सांसदले करको दर निर्धारणमा अनधिकृत व्यक्तिको संलग्नता रहेको आरोप लगाएपछि उनले त्यसलाई अस्वीकार गरेका हुन् ।

बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएर करको दर हेरफेर गरेको भन्ने भनाइको खण्डन गर्दै अर्थमन्त्री महतले पारदर्शी ढंगबाट बजेट निर्माण गरिएको र आफूले बिचौलियालाई छेउछाउमा पनि पर्न नदिएको दाबी गरे ।

अर्थमन्त्री महतले बजेट निर्माणमा सहयोगीका रूपमा पूर्वनायब सुब्बाको भूमिका रहेको भने स्वीकार गरे । ‘निर्णय गर्ने ठाउँमा आधिकारिक व्यक्तिबाहेक अरू कोही हुनै सक्दैन । यो निर्णय भइसकेपछि टाइप गर्नुपर्‍यो, त्यसलाई व्यवस्थित गर्नुपर्‍यो, यो सब गर्न सहयोगी चाहिन्छ,’ अर्थमन्त्री महतले भने, ‘म आउनुभन्दा अगाडि नै नियुक्त रामकृष्ण श्रेष्ठको त्यस्तै सहयोग लिइएको हो, उहाँले ३० वर्षदेखि यही काम गर्दै आउनुभएको छ र यसमा उहाँ दक्ष मानिनुहुन्छ ।’

आफूले पारदर्शी ढंगबाट काम गरेको दाबी गर्दै महतले अर्थमन्त्री हुने दिनदेखि नै कुनै पनि प्रभावबाट मुक्त भएर काम गर्छु भन्ने प्रतिबद्धताका साथ मन्त्रालयमा पसेको बताए ।  राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button