मूल खबर

अब नेपालमा भ्रष्टचार नगर्ने मान्छेको आवश्यकता रहेको छः बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा भ्रष्टाचार नगर्ने मासिन पाउन कठिन हुने बताएका छन् । भक्तपुरमा पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्ने क्रममा बिहिबार उनले सो कुरा उल्लेख गरेका हुन् ।

नेपाललाई छोटो अवधिमा समतामुलक समृद्धिको दिशामा लैजान आवश्यक रहेको बताउँदै उनले न्यायपूर्ण समाज निर्माणको लक्ष्यसहित नेपाल समाजवादी पार्टी बनेको भन्दै आफ्नो पार्टीले निकट भविष्यमा अन्य पार्टीभन्दा फरक पहिचान स्थापित गर्ने बताए।

‘संघर्ष गरेर ल्याएको उपलब्धिको रक्षा गर्दै नेपाललाई छोटो अवधिमा समतामुलक समृद्धिको दिशामा लैजाने एउटा न्यायपूर्ण समाज निर्माणको लक्ष्यसहित बनेको हाम्रो पार्टी हो, उनले भने ।

अहिले देशको अवस्था विग्रीएर यँहासम्म पुग्नुु नै भ्रष्टचार मुख्य रुपमा रहेको बताएका छन् । अब देशमा ममृद्धि स्थापना गर्न देशलाई सही मार्गसम्म पु¥याउन भ्रष्चार नगर्ने इमान्दारी मान्छेको समय आएको छ । त्यसैले अब देशलाई सही मार्गमा पु¥याउनका लागि कर्तव्यनिष्ट मानिसको आवश्यकता नेपालमा रहेको उनको भनाइ रहेको छ ।Sagarmatha TV

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button