सृजनाको चौतारी

खतरनाक हुन्छ

सबैभन्दा खतरनाक हुन्छ
आफूलाई मात्र देख्ने आँखा
सबैभन्दा खतरनाक हुन्छ
छिन् छिन् मा फेरिने भाखा
सबैभन्दा खतरनाक हुन्छ।
मनभित्र लागेको चोट
सबैभन्दा खतरनाक हुन्छ
स्तुति गाउने ओठ
सबैभन्दा खतरनाक हुन्छ ।
गोयबल्स शैलीको झुठ
सबैभन्दा खतरनाक हुन्छ
आवाज विहीन मुख
सबैभन्दा खतरनाक हुन्छ ।
विचार विहीनहरुको साथ
सबैभन्दा खतरनाक हुन्छ
बेइमानीहरुको हात
सबैभन्दा खतरनाक हुन्छ ।
दुर्गन्ध थाह नपाउने नाक
सबैभन्दा खतरनाक हुन्छ
निरुदेश्य हाँक
सबैभन्दा खतरनाक हुन्छ ।
खतरनाक हुन्छ,
एकदमै खतरनाक हुन्छ
भजन सुन्ने कान
त्यो भन्दा पनि बढी खतरनाक हुन्छ
नश्लीय अभिमान ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button