खेलकुद

नेपाली मुलका किवन इंग्लिस क्लबमा अनुबन्धित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली मुलका अट्याकिङ मिडफिल्डर किवन राई इंग्लिस फुटबल लिग (ईएफएल) क्लब न्युपोर्ट काउन्टीमा अनुबन्धित भएका छन् ।

उनी इएफएल क्लबमा अनुबन्धित हुने पहिलो नेपाली मुलका पुरुष खेलाडी बनेका छन् । यसअघि महिलातर्फ अस्मिता आलेमगरले प्रिमियर लिगबाटै व्यवसायिक खेल खेलिसकेका छन् ।

१८ वर्षीय मिडफिल्डर राई न्यु पोर्टको युथ एकेडेमीबाट सिनियर टोलीमा परेका हुन् । नेपाली बाबुआमाबाट वेल्समा जन्मिएका राई सन् २०२१ मा न्युपोर्टको एकेडेमी भर्ना भएका थिए । युवा मिडफिल्डर गत मार्चमा न्यु पोर्टको सिनियर टोलीबाट ४ खेल खेलिसकेका छन् ।

च्याम्पियनसिप क्लब न्यु पोर्ट आउनुअघि किवनले ब्रेकन कोरिन्थियन्सबाट आफ्नो प्रतिभा निखारेका थिए । यो किवनसँगै उनको परिवार र क्लबलाई गर्व गर्ने क्षण बनेको छ ।

ब्रेकन कोरिन्थियन्समा उनको प्रतिभा देखेका न्यु पोर्टले लगत्तै आफ्ना् एकेडेमीमा भर्ना गरेको थियो । एकेडेमीमा पनि प्रभाव जमाएका उनले केही महिनामा नै सिनियर टोलीमा डेब्यु गरेका थिए । न्युपोर्टका प्रशिक्षक ग्राहम कफलिनले उनलाई पहिलो रोजाईमै मौका प्रदान गरेका थिए ।

‘किवनले एकेडेमीमा हामीलाई प्रभाव पार्यो ।’ ग्राहमले भने, ‘उनले धेरै महिनासम्म पहिलो टोलीसँग प्रशिक्षण गरे र आफ्नो खेललाई वास्तवमै राम्रोसँग विकास गरे, र म उसलाई गत सिजनको अन्तिम दिनमा क्रेवेविरुद्ध पहिलो सुरुवात दिन पाउँदा खुसी छु ।’

‘उनीसँग प्रि–सिजन हुनेछ, जहाँ हामी उनलाई फेरि मूल्यांकन गर्नेछौं । यसले उनलाई एक्सपोजर हुनेछ । किनभने उसलाई थप अनुभवको खाँचो छ ।’ प्रशिक्षक ग्राहमले थपे ।

आफ्नो पहिलो व्यावसायिक सम्झौतामा हस्ताक्षर गर्न पाउँदा खुशी लागेको र यो सानैदेखिको सपना रहेको किवनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button