खबर

लेखापरीक्षण पुष्टि गर्ने प्रमाण बुझाउन दलहरू उदासीन

काठमाडौं । लेखापरीक्षण प्रतिवेदनसहितको कागजातलाई पुष्टि गर्ने प्रमाण बुझाउन राजनीतिक दल उदासीन देखिएका छन्। निर्वाचन आयोगले असार ६ गते तीन दिनको म्याद राखेर ९१ राजनीतिक दललाई लेखापरीक्षण प्रतिवेदनको कागजात पुष्टि गर्ने प्रमाण बुझाउन निर्देशन दिएको थियो। तर सोमबारसम्म १९ राजनीतिक दलले मात्रै आयोगले मागेको कागजात बुझाएका छन्।

आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाले १९ राजनीतिक दलले लेखापरीक्षण प्रतिवेदनसहितको कागजात पुष्टि गर्ने प्रमाण पेस गरेको जनाएको छ। बाँकी राजनीतिक दलबाट कागजात, प्रमाण आउनेक्रम जारी रहेको महाशाखा प्रमुख यज्ञप्रसाद भट्टराईले बताए।

प्रमुख राजनीतिक दल नै कागजात तथा विवरण बुझाउन उदासीन देखिएका छन्। नेकपा ९एमाले०, नेकपा (माओवादी केन्द्र), नेकपा (कीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले अझै कागजात बुझाएका छैनन्। नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टीले भने विवरण बुझाइसकेका छन्। गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button