खेलकुद

एनरिके पिएसजीको प्रशिक्षक नियुक्त

एजेन्सी – स्पेनिस प्रशिक्षक लुइस एनरिके फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) को मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।

इस्ट जोन कप सेमिफाइनल: सिंगापुरलाई नेपालको बलियो लक्ष्यइस्ट जोन कप सेमिफाइनल: सिंगापुरलाई नेपालको बलियो लक्ष्य – Hamro Khelkud
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एसिसी इस्ट जोन कपको सेमिफाइनल खेलमा सिंगापुरलाई १ सय ८५ रनको बलियो लक्ष्य दिएको छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १ सय ८५ रन बनायो । नेपालका ओपनर निरज यादव ४२ र सुर्यांशु कोइरालाले ४३ र
नेपालको खेलपछि बालबर्नीले दिए कप्तानबाट राजीनामानेपालको खेलपछि बालबर्नीले दिए कप्तानबाट राजीनामा – Hamro Khelkud
एजेन्सी – जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटमा आयरल्यान्ड सुपर सिक्समै पुग्न नसकेपछि कप्तान एन्ड्रयू बालबर्नीले राजीनामा दिएका छन् । बालबर्नीले नेपालसँगको खेलपछि सिमित ओभरको क्रिकेटबाट कप्तानी छाड्ने निर्णय लिएका छन् । आयरल्यान्ड १० टोली सहभागी प्रतियोगितामा सातौं स्थानमा रहँदै बाहिरिएको थियो । समू
ओमानमाथि सानदार जितसँगै नेदरल्यान्ड्सको विश्वकप सम्भावना कायमैओमानमाथि सानदार जितसँगै नेदरल्यान्ड्सको विश्वकप सम्भावना कायमै –
एजेन्सी – ओपनर विक्रमजितको शतक र वेस्ली ब्यारेसीको उत्कृष्ट ब्याटिङमा नेदरल्यान्ड्सले आइसिसी विश्वकप छनोटको सुपर सिक्स खेलमा ओमानलाई डकवर्थ लेविस पद्धतिको आधारमा ७४ रनले पराजित गरेको छ । यो जितसँगै नेदरल्यान्ड्सले आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने विश्वकप सम्भावना कायमै राखेको छ । जितको लागि ३ सय

पिएसजीले दुई वर्षको सम्झौता गर्दै स्पेनिस प्रशिक्षकलाई जिम्मेवारी सुम्पिएको हो । बुधबार विहान क्रिस्टोफ गाल्तिएरलाई बर्खास्त गरेसँगै एनरिके टोलीको प्रशिक्षकमा आएका हुन् ।

एनरिकेको नाम प्रिमियर लिग क्लब चेल्सी र टोटेनहमसँग पनि जोडिएको थियो । २०२२ को कतार विश्वकपमा स्पेन अन्तिम १६ चरणबाट नै बाहिरीपछि उनी जिम्मेवारीविहिन रहँदै आएका थिए ।

सन् २०१५ मा बार्सिलोनाको नेतृत्व गरेका उनले पारिवारिक कारणले केही समय विश्राम लिएका थिए । त्यसबेला उनले एकै सिजन तीन उपाधि (ट्रेबल) सफलता हासिल गरेका थिए ।

पिएसजीले गत सिजन लिग जितेपनि गाल्तिएरले आफ्नो पद जोगाउन सकेनन् । विश्वकपपछि २८ मध्य १० खेलमा हार बेहोरेको पिएसजी च्याम्पियन्स लिग र फ्रेन्च कपको अन्तिम १६ चरणमा बाहिरिएको थियो ।

एनरिकेले पिएसजीमा आउन पाउँदा निकै खुसी रहेको बताए । ‘म निकै खुसी छु । नयाँ सहर र नयाँ मानिससँग काम गर्न उत्साहित छु । मलाई विश्वास छ हामीले राम्रो टिम निर्माण गर्नेछौं,’ उनले भने ।हाम्रो खेलकुदबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button