मूल खबर

मकवानपुरको मनहरीमा ट्रक दुर्घटना, ३ जना घाइते

दुर्घटनापश्चात जलेको ट्रक
सरोज पौडेल

हेटौंडा : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका-३ नयाँबस्ती डिपाट गाउँमा दुई ट्रक एकआपसमा ठोक्किँदा ३ जना घाइते भएका छन्।

गएराति हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ६६६७ नम्बरको ट्रक र विपरीत दिशा तर्फबाट आउँदै गरेको ना ६ ख ६३१ नम्बरको ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता एवम् डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा ट्रकका चालकहरु चितवन राप्ती–३ बस्ने अन्दाजी ३५ वर्षीय विवेक तामाङ र मकवानपुरको मनहरी–३ बस्ने अन्दाजी ३२ वर्षीय अर्जुन कुमार प्रजा घाइते भएका छन्। दुर्घटनामा अर्का एक जनापनि घाइते भएका छन्। उनीहरुलाई उपचारको लागि भरतपुर पठाइएको छ।

दुर्घटनापछि दुवै ट्रकमा आगलागी भएको छ। अहिले हेटौंडा उपमहानगरपालिकाको २ वटा दमकलले आगो निभाउने कार्य गरिरहेको छ। दुवै ट्रक जलेर पूर्णरुपमा नष्ट भएको डीएसपी कार्कीले बताए।अन्नपूर्णबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button