मूल खबर

घोराहीको आईपीओमा धितोपत्र बोर्डको दोहोरो चरित्र : लगानीकर्ताको अर्बौं जोखिममा

काठमाडौं । काठमाडौं नेपाल धितोपत्र बोर्डको दोहोरो चरित्रका कारण घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओमा सर्वसाधारणको अर्बौ रकम जोखिममा परेको छ । प्रिमियम मूल्यमा उक्त आईपीओ जारी हुँदा जालसाजी भएकोलगायतका चार वटा विषयमा बोर्ड स्वयम्ले छानबिन गरिरहेको तथा प्रहरीमा समेत कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरे भए पनि आईपीओ जारी राख्दा सर्वसाधारणको लगानी जोखिममा परेको हो ।

बोेर्ड आफैंले कम्पनीको क्रेडिट रेटिङमाथि छानबिन गरिरहेको, आईपीओको आवेदनमा जालसाजी भएको भन्दै थप छानबिनका लागि प्रहरीमा पठाउने, आईपीओ बिक्री तथा निष्काशन तथा बिक्री प्रबन्धकको भूमिकामाथि आशंका गर्दै थप छानबिन गर्ने र फर्जी आवेदकको आवेदन स्वीकृत गरी जालसाजीमा संलग्न भएको भन्दै एनआईसी एसिया बैंकमाथि छानबिन गर्ने बोर्ड आफैंले निर्णय गर्दा गर्दा पुनः आईपीओ चालु गर्ने निर्णय गरेर बोर्डले आफ्नो दोहोरो चरित्र देखिएको छ ।

घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओमा आधा दर्जन जति कैफियत देखाउँदै लगानीकर्तालाई आईपीओ फिर्ताका लागि अवसरसमेत दिएको बोर्डले कुन आधारमा आईपीओलाई निरन्तरता दिँदै छ ? भन्ने लगानीकर्ताले प्रश्न गरिहेका छन् । बोर्डले कि सबै प्रक्रिया सही छन् भन्न सक्नुप¥यो । गलत भएको छ पनि भन्ने अनि गलत कुरालाई नै निरन्तरता दिनु बोर्डको अपरिपक्कतासहित गलत नियत देखिएको लगानीकर्ताको गुनासो रहेको  नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button