
मेचीनगर । मेचीनगर नगरपालिकाको कर अधिकृत चक्रपाणी खनालमाथि पूर्वमेयर कल्याण खड्काले विहिबार गरेको दुव्र्यव्यहारप्रति क्षमा मागेकाछन् । आज एक विज्ञप्ति जारी गर्दै उनले आफुले आवेशमा आएर सो घट्ना हुन पुगेकाले क्षमा मागेकाछन् । उनले अफु आवेसमा आएर जानअन्जानमा भएको विहिबारको घट्नामा गल्ती भएको स्विकार गर्दै विज्ञप्तिमा आर्थीक प्रशासन शाखामा जनशक्तिको ब्यवस्थापनका लागि समेत माग गरेकाछन् ।




