
मेचीनगर । काँकरभिट्टा स्थित भानु साहित्यिक प्रतिष्ठानले यसवर्ष २१० औँ भानु जयन्तीको अवसर पारेर मेचीनगरका चार जना स्रष्टालाई सम्मानित गरेको छ।
भानुभक्तको शालिकमा माल्यार्पणपछि आयोजित समारोहमा क्रिक्रेट खेलाडी रुबिना क्षेत्री, साहित्यकार लक्ष्मी अच्युत ढुंगाना र पत्रकार भूमिका सुब्बा फियाकलाई पुरस्कृत गरिएको हो ।

क्षेत्रीलाई खेलकुदका क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै र भूमिका फ्याक लिम्बुलाई सञ्चार क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै भानु प्रतिभा पुरस्कारबाट पुरस्कृत गरिएको हो । त्यसैगरी लक्ष्मी अच्युत ढुंगानालाई साहित्यमा पुर्याएको योगदानको कदर गर्दै साहित्य पुरस्कारबाट सम्मान गरिएको हो।
हेमराज–मेदनी खरेल पुरस्कारबाट साहित्यकार लक्ष्मी अच्युत ढुंगानालाई र कृष्ण–पवित्रा उप्रेती प्रतिष्ठान पुरस्कारबाट कला र संस्कृतिको प्रबर्धनतर्फ पञ्चेबाल तथा संगीनी नाचमा संस्थाका रुपमा ज्येष्ठ नागरिक वडा समिति मेचीनगर–६ लाई पुरस्कृतसहित सम्मान गरिएको कार्यवाहक अध्यक्ष डिल्लीराम घिमिरेले जानकारी दिएकाछन् ।

भानु प्रतिभा पुरस्कारबाट सम्मानित रुविनालाई रु २१ हजार र अन्य तीनजना व्यक्तित्वहरुलाई जनही रु११ हजारका दरले पुरस्कार दिइएको छ ।



