मूल खबर

कोशी सरकारबारे छलफल

काठमाडौँ । सत्ता साझेदार नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का शीर्ष नेताले कोशी प्रदेशमा सरकार गठनको विषयलाई लिएर छलफल गर्नुभएको छ। प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताले कोशी प्रदेशमा सरकार गठनका सन्दर्भमा शनिबार छलफल गर्नुभयो।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले कोशी प्रदेशमा बहुमत पु-याएर सरकार गठन गर्ने वातावरण तयार गर्न छलफल थालिएको बताउँदै प्रदेश सभाका अन्य दलसँग पनि छलफल गरेर यो विषय टुङ्गो लगाइने बताउनुभयो।

सर्वोच्च अदालतले कोशी प्रदेशमा कांग्रेस, माओवादीसहितको गठबन्धन सरकारको नियुक्तिमा त्रुटि भएको आदेश गरेपछि शुक्रबार कोशी प्रदेश प्रमुख परशुराम खापुङले साउन १६ गते साँझ ५ बजेसम्ममा सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको छ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button