
काठमाडाैं : प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त भएका छन्। संसदीय सुनुवाइ समितिले साेमबार सर्वसम्मत अनुमाेदन गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन्।
गत १८ साउनमा बसेको संवैधानिक परिषदको बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो।
यसअघि साउन २३ गते बसेको समितिको बैठकले प्रधानन्यायाधीशमा श्रेष्ठविरुद्ध उजुरी आह्वान गरेको थियो। साउन १८ गते बसेको संवैधानिक परिषद्को बैठकले वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो। श्रेष्ठविरुद्ध तीनवटा उजुरी परेका थिए।
संसदीय सुनुवाइबाट अनुमोदन भइसकेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।
श्रेष्ठले साउन २१ गते कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए। उमेरहदका कारण प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० गतेदेखि अवकासमा गएपछि वरिष्ठतम् न्यायाधीश श्रेष्ठले कामु प्रधानन्यायाधीशको जिम्मेवारी पाएका थिए।
२०१६ सालमा डोटीमा जन्मिएका श्रेष्ठ २०३८ सालमा शाखा अधिकृताबाट सरकारी सेवामा प्रवेश गरेका थिए। उनी जिल्ला,उच्च अदालतहुँदै सर्वोच्च अदालतको न्यायाधीश बनेका थिए।२०७३ सालदेखि उनी सर्वोच्च अदालतको न्यायाधीश थिए।अन्नपूर्ण



