खेलकुद

एसिया कप क्रिकेट खेल्न सन्दीप लामिछाने पाकिस्तान जाँदै

न्युज अफ नेपाल
काठमाडौं ।

क्रिकेटर सन्दीप लामिछाने आइतबार पाकिस्तान जाने भएका छन्। पाकिस्तानमा हुने एसिया कप क्रिकेट प्रतियोगितामा सन्दीप लामिछाने सहभागी जान लागेका हुन् ।

उनीविरुद्धको बलात्कार मुद्दाको पेसी आइतबारका लागि तोकिए पनि त्यो दिन सुनुवाइ हुने सम्भावना कम भएपछि उनलाई आइतबार पाकिस्तान पठाउने तयारी भएको हो। सन्दीपका कानुन व्यवसायीले आइतबार मुद्दा सुनुवाइ हुने सम्भावना कम भएकाले सन्दीपलाई आइतबार बेलुका पाकिस्तान पठाउने तयारी गर्न नेपाल क्रिकेट संघ (क्यान) लाई जानकारी गराइसकेका छन्।

यसअघि पनि न्यायाधीशले एकै दिनमा सुनुवाइ नसकिने भएकाले हेर्दाहेर्दैमा नराखी हेर्न नभ्याइने जनाएका थिए। यसपटक पनि त्यस्तै हुने सम्भावना देखिएकाले सन्दीपलाई पाकिस्तान पठाउने तयारी गरिएको हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button