मूल खबर

नम्बर एक मुद्दाः सम्बन्ध विच्छेद

काठमाडौं । देशभरिका अदालतमा सबैभन्दा बढी मुद्दा कुन विषयका होलान् ? सम्बन्ध विच्छेद अर्थात् पारपाचुके।

सम्बन्ध विच्छेद भनेको विवाहित पति र पत्नी विभिन्न कारणले सँगै बस्न नसकेर कानूनी रूपमा छुटिभिन्न हुनु भन्ने बुझिन्छ। नेपालमा तथ्यांक हेर्दा सम्बन्ध विच्छेदका मुद्दा बिस्तारै उकालो ग्राफमा छन्।

२०७९ सालको तथ्यांकले देशभरका अदालतमा दर्ता भएका कुल मुद्दामा १२.३ प्रतिशत पारपाचुकेका छन्। पारपाचुकेको मुद्दा गत वर्षदेखि एक नम्बरमा पुगेको हो। यसले नेपालमा पारिवारिक विखण्डन बढ्दै गएको भन्ने बुझ्न सकिन्छ।

आव २०७९/८० को तथ्यांक हेर्दा देशभरिका जिल्ला, उच्च र सर्वोच्च अदालतमा गरी ३७ हजार ४ सय ३४ वटा मुद्दा सम्बन्ध विच्छेदका दर्ता भएका थिए। त्यसमध्ये २७ हजार ७८ वटा मुद्दा छिनिएका छन्।

२०८० साउनयता १० हजार ३ सय ५६ जनाका सम्बन्ध विच्छेदका मुद्दा छिन्न बाँकी छन्। जिल्ला, उच्च, सर्वोच्चमा दर्ता भएका पारपाचुकेका मुद्दामा दैनिक सरदर १ सय २ जोडी छुटिभिन्न हुन अदालत पुग्ने गरेका छन्।

देशभरि छिनिएका मुद्दाको संख्या हेर्दा सरदरमा दैनिक करिब ७४ जोडीले अदालतबाटै कानूनी रूपमा सम्बन्ध विच्छेदको प्रमाणपत्र लिने गरेका छन्। सम्बन्ध विच्छेदका मुद्दा सबैभन्दा धेरै जिल्ला अदालतहरूमा दर्ता हुने गरेका छन्। नागरिक दैनिकमा  छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button