कला

हात्तीछापमा सौगातको बोत्तल राजा रूप

मल्टी स्टारर फिल्म हात्तीछाप माघमा रिलिज हुने भएको छ। किरण नेपालीको प्रस्तुतिमा बनेको फिल्मको फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो।

फस्टलुकमा नायक सौगात मल्ललाई मात्र स्थान दिइएको फिल्म आगामी माघ २६ गते रिलिजमा आउने भएको छ। फस्ट लुकमा सौगातलाई बोत्तल राजाको पात्रमा प्रस्तुत गरिएको छ। सिमोस सुनुवारको निर्देशनमा बनेको फिल्ममा सौगातको साथमा दयाहाङ राई, उपासना सिंह ठकुरी, बेनिशा हमाल, विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, राजन खतिवडा, पुष्कर गुरुङ, प्रकाश घिमिरे, विल्सन विक्रम राई, विनोद न्यौपाने, कविता आले, रवीन्द्र झा, रियर राई, सुष्मा निरौला, अनुप न्यौपाने, स्वस्तिका खड्का, नारायण खाती, अनिता गिरी, विन भुजेललगायत कलाकारले अभिनय गरेका छन्।

काठमाडौं र पोखरामा खिचिएको फिल्मले सामाजिक कथालाई कमेडीको शैलीमा प्रस्तुत गरेको छ। फिल्ममा प्रदीप भारद्वाजको लेखन, आर्टमान्डुको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, सुशन प्रजापतिको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ। किरणले यसअघि दया, सौगात र उपासनालाई लिएर निर्माण गरेको फिल्म २ नम्बरीले बक्स अफिसमा राम्रो कमाइ गरेको थियो। उनले हात्तीछापमा पनि २ नम्बरीकै हिट टिमलाई दोहो¥याएका हुन्। राजीव गुरुङ, पुष्कर गुरुङ र अमलादेवी राईको निर्माणमा बनेको फिल्ममा सरोज नेपाली कार्यकारी निर्माता रहेका छन्। फिल्म आरआर फिल्म्सले वितरण गर्दैछ।न्यूज अफ नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button