मूल खबर

पूर्वराजा ज्ञानेन्द्रले झापामा गरे पृथ्वीनारायण शाहको शालिक अनावरण

बिर्तामोड । पूर्वराजा ज्ञानेन्द्र शाहले झापाको बिर्तामोडमा पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका छन् । इकोम कलेज परिसरमा निर्माण भएको शालिक पूर्वराजा शाहले अनावरण गरेका हुन् ।

मेचीनगर स्थित होटल मेची क्राउनको प्रवेशद्धारबाट शाहको स्वागतमा राप्रपा कार्यकर्ताले मोटरसाइकल र्‍याली निकालेर बिर्तामोडसम्म पुगेका थिए । कार्यक्रमको तयारीलगायत कार्यको लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन १० दिनदेखि झापामा थिए ।

मेचीनगरबाट ठूलो संख्यामा मोटरसाइकल र्‍याली निकालिएको थियो । सहभागीले राजाको पक्षमा र गणतन्त्रको बिरुद्धमा नाराबाजी गरेका थिए ।पूर्वराजा शाह शुक्रबार झापा पुगेका हुन् । कार्यक्रमलाई राप्रपाले शक्ति प्रदर्शनको रुपमा लिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button