
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिट खारेज भएको छ । डिकल व्यवसायी समेत रहेका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक प्रसाईंको रिट सर्वोच्च अदालतले आइतबार खारेज गरिदिएको हो ।
शुक्रबार दायर भएको उक्त रिटको औचित्य सकिएको भन्दै न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले आइतबार खारेज गरेको छ ।
प्रसाईंले भक्तपुरस्थित निवासमा सुरक्षाकर्मीले आफूलाई सीमित राखेको भन्दै वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीमार्फत् सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गर्नुभएकाे थियाे ।
बिहीबार राजधानीको बल्खुमा केन्द्रित रहेर विरोध प्रदर्शन आयोजना गरेका प्रसाईंले शुक्रबार तिनकुनेमा प्रदर्शन गर्ने तयारी गर्नुभएकाे थियाे । तर, स्थानीय प्रशासनले शुक्रबार तिनकुने क्षेत्रमा प्रदर्शनको अनुमति नदिइएको प्रस्ट पारेसँगै सो क्षेत्रमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी उनका केही समर्थकलाई नियन्त्रणमा लिइएको थियो भने केहीलाई सम्झाइबुझाइ पठाइएको प्रहरी स्रोतले जनाएको छ ।जनता समाचार



