खेलकुद

५२ वर्षको उमेर —जीवन अधिकारीको ‘जिवन’कै सपना —मेचीदेखि महाकाली सम्मको म्याराथुन दौड!

मेचीनगर । झापा बुद्धशान्ति ६ का जीवन अधिकारी अहिले आफ्नै ‘जिवन’को सपना पुरा गर्न गुहार गर्दैछन् । उनको एउटै मात्र सपना हो ‘मेचीदेखि महाकाली ’सम्मको म्याराथुन दौड हो । पौष ६ गते नेपालको पूर्वी नाका मेची पुलबाट उनले लामो समयदेखिको आफ्नो सपना पुरा गर्नका लागि म्याराथुनको आरम्भ गर्ने बताए । आर्थीक समस्याकै कारण आफ्नो दौडको सपना पुरा नभएको बताउँदै अधिकारीले आफ्नो सपना साकार बनाईदिनका लागि थोरै भए पनि आफुलाई आवाश्यक पर्ने आर्थीक सहयोगका लागि अपिल समेत गरेकाछन् । पत्रकार तथा मेची सामुदायीक सेवा केन्द्र काँकरभिट्टा अध्यक्ष मुक्ति पौडेलले संस्थागत रुपमा अधिकारीको दौडको सपना पुरा गर्न आफु लाग्ने बताए । पौडेलले समेत जीवन अधिकारीको लामो दौडको यो यात्रालाई सफल बनाउन सबैको सहयोगका लागि अनुरोध गरेकाछन् ।अकिारीले मेचीदेखि महाकाली सम्मको दौड यात्राको आरम्भ यही पौषको ६ गते मेची पुलबाट गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button