
मेचीनगर । झापा मेचीनगरका नेकपा(एमाले)का कार्यकर्ता रोसन अग्रवालले पार्टी परित्यागको घोषणा गरेकाछन् । आज उनले सामाजिक सञ्जालमार्फत नेकपा(एमाले)पार्टी परित्याग गरेर आफु स्वतन्त्र रहेको घोषणा गरेकाहुन् ।अग्रवालले सामाजिक सञ्जालमा पार्टीमा लोभीपापीहरुको कारण आफुहरु जस्ता ईमान्दार कार्यकर्ता पाखा लाग्नु पर्ने बताएकाछन् । अग्रवाल पार्टीले दिएका जिम्मेवारीलाई दृडताका साथ पालना गर्ने कार्यकर्ताका रुपमा परिचित थिए ।



