सृजनाको चौतारी

म कम्युनिष्ट बन्नै सकिन !

कविता

उनले सिकाए मलाई
कम्युनिष्ट कसरी बन्ने ?
उनले सिकाए मलाई
कम्युनिष्ट कस्तो हुन्छ ?
उनले नै सिकाए मलाई
कम्युनिष्ट कस्तालाई भन्छन ?
मलाई सिकाउँदा सिकाउँदै उनी कम्युनिष्ट भए
कम्युनिष्ट मात्रै भएनन् कार्यकर्ता हुदै नेता पनि भए
उनले नै सिकाए मलाई
कम्युनिष्ट किन हुने ?
उनले नै सिकाए मलाई
कम्युनिष्ट जस्तो देखिन के गर्नु पर्छ ?
नेता मात्रै होइन उनी मन्त्री र अरु केके पनि भए
उनी कम्युनिष्ट सिकाउँदै के के भए के के भए
उनलाई हेर्दा, उनलाई बुझ्दा र उनलाई जान्दा
म कम्युनिष्टनै हुन सकिन
उनलाई चिने पछि त म कम्युनिष्ट नै बन्न सकिन
आज पनि उनी कम्युनिष्ट सिकाउँदै हिड्दैछन्
तर, हिजो सिकाएको भन्दा अलिक फरक पाराले
किनकी उनको कम्युनिष्ट पनि आजकल बदलिएको छ
उनीसँगै उनले कम्युनिष्टलाई पनि आफु जस्तै बनाएकाछन्
उनी जस्तै कम्युनिष्ट म बन्न छैन अनि म कम्युनिष्ट बन्नै सकिन!

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button