सृजनाको चौतारी

दुई कविता-नारी दिवस सन्दर्भ

“नारी “
नारीको सम्मान हो ,
सृष्टिको सम्मान,
सम्मान ‘गरेर सकिदैन ,
नगर्नु है अपमान।

नारी सृजनकर्मी हो ,
ममताको हुन धाम,
नारी हो सुख-वर्तिका,
समता-हुन सुनाम ।

नारी छन त सृष्टि छ ,
सौंदर्य र सौहार्द,
स्नेह कि सरिता सुखदा,
अन्यथा आर्तनाद।

सृष्टिका आधार हुन ,
सक्छो ‘गर सम्मान,
सृष्टि हो सुखमय,
खुशी रहे समान।
– ” तिमी “
तिमी -तिमी केवल तिमी हौ
मनको राजा तिमी हौ ।

कुवामा शीतल हौ
हेर्दा त जल हौ ।

धूमिल निशाबाट मनमोहक
गोधूलिको तिमी पल हौ ।

यो मनमा मुस्कुराउ न
तिमी मेरो बल हौ ।

बाग बगिनामा शोभा मेरी
तिमी त्यो कुसुमको दल हौ ।

जे पनि हौ मेरी हौ
आउने वाला कल हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button