खबर

श्रमिकको सम्मान नभएसम्म देशको प्रगती हुन्न

शनिस्चरे  । नेपाली कांग्रेस झापा जिल्ला सचिव कृष्ण हुमागाले जुन देशमा श्रमिक/मजदुर बर्गको इज्जत सम्मान हुदैन, त्यो देशले कहिल्यै प्रगति गर्न नसक्ने बताउनु भएको छ ।
नेपाल यातायात मजदुर संघ अर्जुनधारा नगर समितिको प्रथम अधिवेशनलाई प्रमुख अथिको रुपमा उदघटन गर्दै हुमागाईले श्रमिकहरु ट्रेड युनियनमा आवद्ध भएर मात्र सामुहिक सौदाबाजी र मजदुरको हक-हितको पक्षमा काम गर्न सक्ने बताउनु भयो ।
संसारमा जहाँ श्रमजीवी जनताको उच्च सम्मान र सुरक्षा भयो त्यही देशले प्रगति गरेको उदाहरण प्रस्तुत गर्दै सामन्तवादी राजशाही र पंचायती निरंकुश ब्यवस्थाले श्रमजीवी जनतालाई शोषण-दमन गरेकैले देशले पछौटेपनको सिकार हुनुपरेको झापा कांग्रेसका युवा नेता हुमागाईको भनाई थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल चिया बगान श्रमिक सङ्का केन्द्रीय अध्यक्ष दिपक तामाङ्गले मजदुरले भोग्नु परेका अनेक समस्या समाधानका लागि पनि संगठित हुन आवश्यक रहेको बताउनु भयो ।
नेपाल ट्रेड युनियन कांग्रेस झापाका अध्यक्ष यज्ञप्रताप अधिकारीले जिलाका सबै पालिकाहरुमा मजदुर युनियन गठन गरेर पालिकामा जानकारी दिई सेवा, सुबिधा लिने कार्यमा मजदुरहरुनै अग्रसर हुनुपर्नेमा जोड दिदै त्यसमा ट्रेड युनियन र पार्टीले सहजीकरण गर्ने भनाई राख्नुभयो ।
नेपाल यातायत मजदुर संघ कोशी प्रदेश समितिका अध्यक्ष यादराज ओलीको सभापतित्वमा भएको सो कार्यक्रममा यातायत मजदुर संघ कोशी प्रदेश समिति सदस्य अखिलेस महमदले स्वागत मन्तब्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन नेपाली कांग्रेस अर्जुनधारा नगर समिति सचिव मेदनीप्रसाद गुरागाईले गर्नु भएको थियो ।
मजदुर संघ अर्जुनधारामा इशान
यसैबीच नेपाल यातायात मजदुर संघ अर्जुनधारा प्रथम नगर अधिवेशनले इशान ढकालको अध्यक्षतामा सात सदस्यीय नगर समिति चयन गरेको छ ।
समितिको उपाध्यक्ष मा नवीन थापा मगर, सचिवमा झलिन्द्र घिमिरे, कोषाध्यक्षमा देबेन्द्र तामाङ्ग चयन हुनुभएको छ ।
समितिको सदस्यहरुमा प्रकाश ढकाल, दिपक थापा र ओम लामिछाने रहनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button