खबर

चितुवाको आक्रमणबाट बालकको मृत्यु

अमरराज नहर्की
तनहुँ, जेठ २७ गते । चितुवाको आक्रमणबाट तनहुुँमा एक बालकको मृत्यु भएको छ । बन्दीपुर गाउँपालिका–२ कुवादीका दलबहादुर गुरुङको पाँच वर्षीय छोरा उत्सव गुरुङलाई सोमबार साँझ ७ः३० बजे आक्रमण गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो ।

प्रहरी नायब उपरीक्षक थापाले चितुवाको आक्रमणबाट घाइते बालक बन्दीपर अस्पताल बन्दीपुरमा उपचारको क्रममा सोमबार साँझै ८ः२० बजे मृत्यु भएको बताउनुभयो ।

बन्दीपुर गाउँपालिका–२ का वडाध्यक्ष तिलबहादुर कुँवरले घरको पिढीमा आमासँगै बसिरहेको बेला चितुवाले आक्रमण गर्दा बालकको मृत्यु भएको जानकारी जानकारी दिनुभयो । चितुवाले आक्रमण गरेपछि परिवार छुट्टाउन जाने क्रममा चितुवा भागेको वडाध्यक्ष कुँवरको भनाइ छ ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button