खबरहेड लाइन

सभापति छान्ने व्यवस्था गरे पार्टीमा गुटबन्दी अन्त्य हुन्छ : महामन्त्री थापा

काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सबै क्रियाशिल सदस्यहरुबाट प्रत्यक्ष रुपमा सभापति छान्ने व्यवस्था गरे पार्टीमा गुटबन्दी अन्त्य हुने जिकिर गरेका छन् ।

नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ६ प्रदेश ‘क’ काठमाडौंको तेस्रो प्रदेश सभा क्षेत्रीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो जिकिर गरेका हुन् ।

महामन्त्री थापाले क्रियाशिल सबै सदस्यहरुबाट सभापति चुन्ने व्यवस्था पार्टीको गुटबन्दी खत्तम गर्ने एउटा अचुक अस्त्र रहेको उनले उल्लेख गरे । उनले अहिले नेपाली कांग्रेसमा ८ लाख ६६ हजार क्रियाशिल सदस्य रहेको बताए ।महामन्त्री थापाले क्रियाशिल सबै सदस्यहरुबाट कांग्रेसको सभापति छान्ने व्यवस्था गर्नसके गुट ध्वस्त हुने जिकिर गरे ।महामन्त्री थापाले माथिदेखि तलसम्म गुटले पार्टीलाई ध्वस्त बनाएको जिकिर गरे ।न्युज अफ नेपाल

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button