
मेचीनगर । नेकपा(एकीकृत समाजवादी) झापा जिल्ला कमिटीले विद्युत प्राधिकरणका झापाका विभिन्न केन्द्रमा ज्ञापन —पत्र बुझाएको छ ।उघोषित लोड सेडिङ्ग र असन्तुलित भोल्टेजलाई ब्यवस्थित गर्न नेपाल विद्युत प्राधिकरणका झापाका विभिन्न वितरण केन्द्रमा ध्यानाकषर्ण सहित ज्ञापन—पत्र बुझाएको सो पार्टीका झापा अध्यक्ष विपी भट्टराईले बताए ।
अध्यक्ष भट्टराईका अनुसार विहिबार विद्युत प्राधिकरण झापाका वितरण केन्द्रहरु अनारमनी , भद्रपुर , धुलाबारी , दमक , शनिशचरे र शिबसतासीमा सो पार्टीका जिल्लाका नेता र कार्यकर्ताहरुले ज्ञापन—पत्र बुझाएका थिए ।





