मूल खबरहेड लाइन

उपसभामुख हटाउने प्रयासमा कांग्रेसमै विरोध, देउवाको निर्देशनमा हस्ताक्षर संकलन, कोइराला–गगन–विश्वप्रकाश असन्तुष्ट

काठमाडौं ।

उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने सत्तारुढ गठबन्धनको प्रयासप्रति नेपाली कांग्रेसभित्रै तीव्र असहमति देखिएको छ।

सभापति शेरबहादुर देउवाले हस्ताक्षर संकलन सुरु गरे पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा नेता डा. शेखर कोइरालाले यसमा विरोध जनाएका छन्।

कोइरालाले आफ्ना निकट सांसदहरूलाई खाली कागजमा हस्ताक्षर नगर्न निर्देशन दिएका छन् भने शर्माले पदमुक्ति अनुपयुक्त भएको बताएका छन्।

थापाले बहुमतको नाममा जथाभावी निर्णय स्वीकार्य नहुने चेतावनी दिएका छन्।

उपसभामुखमाथिको कारबाहीले कांग्रेसभित्रको मतभेद सतहमा आएको छ भने देउवा–ओली नेतृत्व दबाबमा परेको बताइएको छ।न्युज अफ नेपाल

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button