मूल खबर

विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलन, आज समिति बैठक

काठमाडौँ ।

विद्यालय शिक्षा सम्बन्धी विधेयक–२०८० माथि छलफल गर्न संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दै छ। विधेयकप्रति असहमति जनाउँदै निजी विद्यालय सञ्चालक संस्था नेशनल प्याब्सन र प्याब्सन आन्दोलनमा उत्रिएका छन्।

दुवै संस्थाले ‘पूर्ण छात्रवृत्ति’ शब्द खारेज गर्नुपर्ने, विद्यालयलाई गैरनाफामूलक बनाउने प्रावधान हटाउनुपर्ने लगायत ५ बुँदे माग राख्दै आज बिहान माइतीघरदेखि नयाँबानेश्वरसम्म र्‍याली र कोणसभा गरेका छन्।

उनीहरूले भदौ ६ गते स्कुल बससहित देशभर प्रदर्शन र भदौ ८ गतेदेखि निर्णायक आन्दोलन गर्ने चेतावनी दिएका छन्। यसैबीच, शिक्षक महासंघले पनि विधेयकका केही प्रावधानप्रति असहमति जनाउँदै आन्दोलनको चेतावनी दिएको छ। यस्तो अवस्थामा आजको समिति बैठकप्रति चासो बढेको छ।न्युज अफ नेपाल

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button