मूल खबर

युवा सङ्घले प्रेस स्वतन्त्रताको संरक्षण गर्छ : अध्यक्ष ओली

युवा सङ्घ नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्नुहुँदै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली।

काठमाडौँ, कात्तिक २३ गते। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रेस स्वतन्त्रताको संरक्षण युवा सङ्घले गर्ने बताउनुभएको छ।

युवा सङ्घ नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो। उहाँले पत्रकारलाई ढुक्कसँग सञ्चारकर्म गर्न र कतैबाट असुरक्षित महसुस भए युवा सङ्घ नेपाललाई भन्न आग्रह गर्नुभयो।

‘तपाईंहरूलाई कोही कसैले धम्की दियो भने युवा सङ्घ नेपाललाई भन्नुहोस्। तपाईंहरूको सुरक्षा युवा सङ्घले गर्दछ ’ अध्यक्ष ओलीले भन्नुभयो।

अध्यक्ष ओलीले प्रेस स्वतन्त्रता र लोकतन्त्रका लागि आफू लामो सयम लडेकोले आफ्ना विरुद्ध प्रचार गर्दा पनि कहिले कसैलाई नधम्क्याएको बताउनुभयो। एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा अघि बढाउने उहाँको भनाइ छ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button