कृषि र किसान

मेचीनगरमा आजदेखि गाई-भैसीलाई ´खाेरेत` राेग विरूद्धकाे खाेप लगाउन सुरू

मेचीनगर ।मेचीनगर नगरपालिका क्षेत्रभित्र आजदेखि गाई-भैसीलाई खाेरेत राेग विरूद्धकाे खाेप लगाउन सुरू गरिएको छ ।

राष्ट्रिय पशुपंक्षी खाेप कार्यक्रम अन्तरगत काेशी प्रदेशमा नै पहिलाे चरणकाे खाेरेत राेग विरूद्धकाे खाेप अभियान मेचीनगरमा सुरू गरिएको हाे ।

आइतबार नगरपालिकाकाे पशु शाखामा काेशी प्रदेश पशुपंक्षी तथा मस्य विकास निर्देशानलयकी पशु चिकित्सक अधिकृत साताैं पवित्रा दाहालले नगरका १५ वटै वडामा खटिएका भ्याक्सिनेटरहरूलाई राम्राे र सहज रूपमा काम गर्न आग्रह गरेकी थिइन् ।

नगरपालिकाका पशु सेवा शाखाकाे सिफारिसमा भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाबाट नियुक्त भइ खटिइ आएका भ्याक्सिनेटरहरूलाई सहयोग, सहजीकरण, अनुगमन र व्यवस्थापन गर्न प्रत्येक वडामा पुग्न टाेल, समूह र फाेकल पर्सन समेत तयारी गरिएको छ ।

नगरपालिकाका पशु सेवा शाखाका पशु प्राविधिक बिक्रम गुरूङका अनुसार ९ वटा टाेली, ४ वटा समूह, खाेप कार्यक्रम रेखदेख, अनुगमनका लागि वडा नम्बर १, २, ३ र ४ मा वडा प्राविधिक मदनकुमार भण्डारी, वडा नम्बर ५, ६ र ७ मा वडा प्राविधिक रञ्जु खड्का, वडा नम्बर ९, १० र ११ मा वडा प्राविधिक कञ्चन दाहाल, वडा नम्बर १२, १३, १४ र १५ मा वडा प्राविधिक रेशबहादुर तामाङलाई जिम्मेवारी ताेकिएकाे छ ।

यस्तै सम्पूर्ण वडाकाे खाेप वितरण, रेखदेख, तथा खाेप फाेकल व्यक्ति पशु प्राविधिक छत्रबहादुर राईलाई ताेकिएकाे उनकाे भनाई छ ।

इलाम जिल्लालाई खाेरेत खाेप मुक्त घाेषणा गर्ने लक्ष्य अनुरूप छिमेकी जिल्लाहरूलाई बफर जाेन अन्तरगत मेचीनगरमा पनि याे अभियान सुरू गरिएको नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख दिपेन्द्र कार्कीले जानकारी दिए ।

उनका अनुसार काेशी सरकारले इलामलाई खाेरेत मुक्त जिल्ला बनाएर त्यहाँका उत्पादनलाई अन्तरास्ट्रियसम्म व्यापार बढाउने उदेश्य रहेकाे छ ।

६/६ महिनामा गाई-भैसीलाई लगाउने उक्त खाेप अर्काे ६ महिनामा बुस्टर खाेप लगाइने बताइएकाे छ ।

त्यसपछि बाख्रा, कुखुरा, बंगुर लगायतका पशुपंक्षीलाई अन्य खाेप पनि लगाइदैँ जाने गुरूङले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button