
काठमाडौं । राष्ट्र, राष्ट्रियता तथा धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ।
मङ्सिर ७ गतेदेखि आन्दोलन थालनी गर्ने घोषणा गरेका प्रसाईंलाई प्रहरी टोलीले मध्यरातमा भक्तपुरस्थित उहाँको निवासबाट नियन्त्रणमा लिएको हो।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतलेउनको गिरफ्तारीको पुष्टि गरेकाछन्। जिल्ला प्रहरी परिसर काठमाडौँ र अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले प्रसाईलाई पक्राउ गरी भद्रकालीस्थित प्रहरी परिसरमा राखेको जनाएको छ।
प्रसाईंले दिएका अभिव्यक्ति कतिपयले भड्काउने प्रकृतिको रहेको तथा त्यसले हिंसा उत्पन्न हुन सक्ने सम्भावना देखिएकाले समातिएको बताइएको छ।उनले ७ गतेदेखि देशव्यापी आन्दोलन गर्दै यातायातसहित सबै क्षेत्र अवरुद्ध गर्ने दाबी गर्दै आएका थिए ।



