कृषि र किसान

मलले भरिए गोदाम नपुगेर दुई थप

कृषि सामग्री कम्पनी लिमिटेड मधेश प्रादेशिक कार्यालय वीरगन्जपरिसरमा रासायनिक मलले भरिएका ट्रक तथा ट्याक्टर । तस्बिर : दीपकप्रसाद गौतम

दीपकप्रसाद गौतम

वीरगन्ज, मङ्सिर ५ गते । कृषि सामग्री कम्पनी लिमिटेड मधेश प्रादेशिक कार्यालय वीरगन्जका सबै गोदाम रासायनिक मलले भरिएका छन् । कृषि सामग्री कम्पनी लिमिटेड मधेश प्रादेशिक कार्यालय वीरगन्जका कामु प्रादेशिक प्रमुख दुर्गाप्रसाद पाण्डेयका अनुसार हाल कार्यालयको वीरगन्जस्थित सबै गोदाम रासायनिक मलले भरिएका छन् ।

कृषि सामग्री कम्पनी लिमिटेड मधेश प्रादेशिक कार्यालय वीरगन्ज कार्यालयपरिसरमा रहेका चार, नेसनल टे«डिङका दुई, भुटनदेवीमा रहेका छ वटा २६ हजार मेट्रिक टन क्षमताका गोदाम छन् ।

भएका सबै गोदाम भरिएपछि १० हजार मेट्रिक टन रासायनिक मल भण्डारण क्षमता भएका थप दुई गोदाम भाडामा लिई मल राख्न थालिएको कृषि सामग्री कम्पनी लिमिटेड मधेश प्रादेशिक कार्यालय वीरगन्जका कामु प्रादेशिक प्रमुख पाण्डेयले जानकारी दिनुभयो ।

फरक फरक कन्साइन्मेन्ट तथा विगतका कन्साइन्मेन्टको मलसमेत आएपछि कृषि सामग्री कम्पनी लिमिटेड मधेश प्रादेशिक कार्यालय वीरगन्जलाई मल राख्ने गोदाम अभाव भएर थप गोदाम भाडामा लिनु परेको हो ।

कृषि सामग्री कम्पनी लिमिटेड मधेश प्रादेशिक कार्यालय वीरगन्जबाट मधेश प्रदेशका कलैया, चपुर, ढल्केबर, नवलपुर; बागमती प्रदेशका सिन्धुली, काठमाडौँ, धुलिखेल, त्रिशूली, गजुरी, हेटौँडा, भरतपुर अनि गण्डकी प्रदेशका पर्वत, पोखरा र दमौली कार्यालयमा कार्यालयबाटै ढुवानी भएर रासायनिक मल जाने गरेको छ भने पर्सा र गोरखा जिल्लाका लागि कार्यालयले वीरगन्जबाट वितरण गर्ने गरेको छ ।

कृषि सामग्री कम्पनी लिमिटेड मधेश प्रादेशिक कार्यालय वीरगन्जका कामु प्रादेशिक प्रमुख पाण्डेयले भन्नुभयो, “आपूर्तिकर्ता कम्पनी इन्डियन पोटास लिमिटेड (आइपिएल) को दुई वटा कन्साइन्मेन्ट, आदित्य बिरला र सन इन्टरनेसनका एक÷एक वटा कन्साइन्मेन्ट गरी चार वटा कन्साइन्मेन्टको ५० हजार मेट्रिक टन युरिया र ६० हजार मेट्रिक टन डिएपीमध्येको सात/आठ ¥याक मल आउँदै छ । एक ¥याकमा ५० हजार बोरा अर्थात् दुई हजार पाँच सय मेट्रिक टन हुन्छ ।”

मङ्सिर २ गते साँझसम्म वीरगन्जस्थित गोदाममा १२ हजार चार सय मेट्रिक टन युरिया, १३ हजार छ सय मेट्रिक टन डिएपी, एक हजार २९५ मेट्रिक टन पोटास र ५६ टन कृषि चुन मौज्दात रहेको कामु प्रादेशिक प्रमुख पाण्डेयले जानकारी दिनुभयो । आइपिएलका दुई वटा आदित्य बिरला र सन इन्टरनेसनको एक÷एक गरी चार वटा कन्साइन्मेन्टका पछिल्लो समयमा आइपुगेको मल नयाँ थपिएका गोदाममा राखिएकाले कति आइपुग्यो यकिन विवरण एक/दुई दिनमा निस्कने उहाँले बताउनुभयो ।

कुल आयात भएको मलको १० प्रतिशत भोलिका दिनमा अति आवश्यक पर्दा तत्काल वितरण गर्नका लागि बफर स्टक राख्ने गरिएकाले अहिले गोदाममा रहेको यकिन तथ्याङ्क आएपछि बफर स्टक कति राख्ने भन्ने निश्चित हुने उहाँले बताउनुभयो ।

मल वितरणका लागि स्थानीय तहलाई कोटा निर्धारण

प्रदेश सरकारले नै कृषि सामग्री कम्पनी लिमिटेड मधेश प्रादेशिक कार्यालय वीरगन्जमार्फत पर्साका १४ वटै पालिकालाई वितरण गरिने रासायनिक मलको कोटा निर्धारण गरिएको छ ।

प्रदेश सरकारले निर्धारणको गरेको कोटामा वीरगन्ज महानगरपालिकाका लागि १३२ मेट्रिक टन युरिया र १४१ मेट्रिक टन डिएपी, ठोरी गाउँपालिकाका लागि ४० मेट्रिक टन युरिया र ४२ मेट्रिक टन डिएपी, जिराभवानी गाउँपालिकाका लागि ५१ मेट्रिक टन युरिया र ५५ मेट्रिक टन डिएपी, जगरनाथपुर गाउँपालिकाका लागि ७० मेट्रिक टन युरिया र ७४ मेट्रिक टन डिएपी, पटेर्वा सुगौली गाउँपालिकाका लागि ४७ मेट्रिक टन युरिया र ५० मेट्रिक टन डिएपी वितरण गरिने छ ।

त्यस्तै सखुवा प्रसौनी गाउँपालिकाका लागि ५६ मेट्रिक टन युरिया र ५९ मेट्रिक टन डिएपी, बहुदरमाई नगरपालिकाका लागि ४७ मेट्रिक टन युरिया र ५० मेट्रिक टन डिएपी, पोखरिया नगरपालिकाका लागि ४२ मेट्रिक टन युरिया र ४४ मेट्रिक टन डिएपी, कालिकामाई गाउँपालिकाका लागि २१ मेट्रिक टन युरिया र २२ मेट्रिक टन डिएपी, धोबिनी गाउँपालिकाका लागि २९ मेट्रिक टन युरिया र ३० मेट्रिक टन डिएपी, छिपहरमाई गाउँपालिकाका लागि ३० मेट्रिक टन युरिया र ३२ मेट्रिक टन डिएपी, पकाहा मैनपुर गाउँपालिकाका लागि २९ मेट्रिक टन युरिया र ३१ मेट्रिक टन डिएपी र विन्ध्यवासिनी गाउँपालिकाका लागि २६ मेट्रिक टन युरिया र २७ मेट्रिक टन डिएपी रहेको छ।

स्थानीय तहको सिफारिस लिएर आएका सहकारीलाई कृषि सामग्री कम्पनी लिमिटेड मधेश प्रादेशिक कार्यालय वीरगन्जबाट मल वितरण गरिने छ ।

गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button