कला

‘काजी’ को प्रदर्शन मिति निश्चित

काठमाडौँ, मङ्सिर १३ गते । विपिन कार्की अभिनीत नेपाली चलचित्र ‘काजी’ को प्रदर्शन मिति निश्चित भएको छ । आगामी नयाँ वर्षलाई लक्ष्य गरी निर्माण टिमले शुक्रबार चलचित्रको फस्र्ट लुक पोस्टर सार्वजनिक गर्दै आउँदो चैत २७ लाई रिलिज मिति तोकेको हो ।

रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा रामप्रसाद रिजालको प्रस्तुति रहेको चलचित्रको फस्र्ट लुकमा सिनेमाका मुख्य पात्रहरूको गम्भीर भाव झल्केको छ ।

पोस्टरमा अभिनेता विपिन चिटिक्क पारेर कोरेको कपाल, दारी र सर्टमा देखिनुभएको छ । यसै गरी पोस्टरमा उहाँ केही गम्भीर मुद्रा र गहन सोचमा डुबेको जस्तो पनि देखिनुभएको छ ।

‘काजी’ मा विपिन र केकी अधिकारीसँगै अन्य दिग्गज तथा प्रतिभाशाली कलाकारको अभिनय छ । यसमा गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मि भट्ट, हिउवाला गौतम, सन्दीपबाबु लोहनी, रोजी श्रेष्ठ, गङ्गा शर्मा, नवराज गिरी, बुद्धिसागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा तथा बालकलाकार दीक्षिता अर्याल हुनुहुन्छ । निर्देशक लक्ष्मण रिजालले ‘काजी’ मार्फत करिब आठ वर्षपछि निर्देशनमा पुनरागमन गर्नुभएको हो ।

गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button