सृजनाको चौतारी

लाछीका चार कृति सार्वजनिक

भक्तपुर , पुस १५ गते । संस्कृतिविद् गणेशराम लाछीका चार कृति सार्वजनिक भएको छ । मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ, नेपाल भाषा एकेडेमीका कुलपति मल्ल के सुन्दर, भाषा आयोगका सदस्य सुरेश किरण मानन्धरले मध्यपुर थिमिमा शनिबार संयुक्त रूपमा लाछीका चार कृति ‘सिक्किम यात्राका सेरोफेरो’, ‘अमूर्त सम्पदाभित्र’, ‘हेंग्वाः जूम्ह मनू’ र कय्ता तंम्ह नेवाः’ सार्वजनिक गर्नुभयो ।

नेपालीमा लिखित ‘सिक्किम यात्राका सेरोफेरो’ र ‘अमूर्त सम्पदाभित्र’ गैरआख्यान कृति हुन् भने नेपाल भाषामा लिखित हेंग्वाः जूम्ह मनू (खाक भइसकेको मान्छे) उपन्यास र कय्ता तंम्ह नेवाः (लङ्गौटी हराएको नेवार) प्रहसन सङ्ग्रह हो ।कार्यक्रममा दबुली नेपालले नेपाली भाषामा लेख्ने नेवार समुदायका चार लेखकलाई तेजकृष्ण–नानीमाया लुमना हना (स्मृति सम्मान) प्रदान ग¥यो । संस्कृतिविद् लाछीले आफ्ना पिता र माताको स्मृतिमा स्थापना गरेको उक्त सम्मान कास्कीका तीर्थ श्रेष्ठ, भक्तपुरका अभय श्रेष्ठ तथा रत्न प्रजापति र काभ्रेका सूर्य लाकोजूलाई प्रदान गरिएको हो । मेयर श्रेष्ठले उहाँहरूलाई सम्मानपत्र प्रदान गर्नुभयो ।

नेपाली साहित्यको उन्नयनमा उल्लेख्य योगदान गरेबापत उहाँहरूलाई सम्मान गरिएको लाछीले उल्लेख गर्नुभयो । कार्यक्रमका सभापति तथा दबुली नेपालका अध्यक्ष सन्तोष प्रजापतिले सम्मानित चार लेखकलाई नेपाल भाषामा पनि लेख्न प्रेरणा मिलोस् भन्ने कामना गर्नुभयो । चारै पुस्तक दबुली नेपालले प्रकाशन गरेको हो ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button