खबर

नेकपा(संयुक्त)झापाका समानुपातिक उम्मेद्वार

बिर्तामोड ।नेकपा(संयुक्त)झापाले प्रतिनिधि सभाको आगामी निर्वाचनमा समानुपातिक तर्फका उम्मेद्वार चयन गरेको छ ।

आगामी फागुन २१ गते हुन गईरहेको प्रतिनिधि सभाको निर्वाचनका लागि झापाबाट ६ जना समानुपातिकतर्फका उम्मेद्वार चयन गरिएको सो पार्टीका झापाका नेता श्रीप्रसाद सिटौलाले बताए ।नेकपा(संयुक्त)झापाले समानुपातिक उम्मेद्वारका रुपमा सिएन सापकोटा,श्रीप्रसाद मिश्र,भीमप्रसाद बराईली,पोलाहाङ साम्सोहाङ्ग,नारायण राजवंशी र सुशिला तिवारी रहेकाछन् ।

उनका अनुसार झापाली कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण योगदान दिएका पार्टी नेता तथा कार्यकताहरुलाई चयन गरिएको सिटौलाले बताए ।पार्टीले उम्मेद्वार चयन गर्दा आन्दोलनको योगदान,निष्ठा, निरन्तरता र समावेशीतालाई ख्याल गरेर सर्वसम्मत निणर्य गरेको बताए ।सामानुपातिकका आफ्ना पार्टीका उम्मेद्वारहरु देश,जनता र आन्दोलनप्रति ईमानदार रहेको समेत सिटौलाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button