सृजनाको चौतारी

मेराे मनसँग खेल्याे

म कर्तव्यनिष्ठ र सच्चा थिएँ
त्यसैले मैले धाेका खाएँ
उ अत्यन्तै चलाख थियाे
त्यसैले हरेक परिस्थितिबाट बच्याे।

मैले दिलबाट कर्तव्य पूरा गरे
उसले इन्तजाम र हिसाबकिताब राखेर
मेराे मनसँग खेल्याे
मैले नाता सम्बन्ध जाेडिरहे
उसले आफ्नाे अनुकूल अवस्था खाेजिरहयाे।

प्रिय , साच्चै अँध्यारोमा
अनन्त लक्ष्य र सपना
अथाह विश्वास र जीवन
बाेकेर हिँडिरहेकाे बेला
सधैं सधैं हारेर
कहिल्यै नजित्ने दुष्ट,काललाई
टाउकोमा राखेर
पाइला पाइलामा काँडाे लिएर दाैड्दै थिएँ।

प्रिय, धाेका अचानक पाइदैन रहेछ
याे त पहिले भराेसा बनेर आउदो रहेछ
त्यसैले जाे सबैभन्दा समीपमा हुन्छ नि
उसैले अरूलेभन्दा गहिराे चाेट दिएर जादाेरहेछ..

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button