विचारहेड लाइन

मत माग्दै जाँदा सबै आफन्तसँग भेटेको महशुष हुन्छ

क्षेत्र नं १ सँग मेरो भावनात्मक सम्बन्ध जोडिएको छ

केशवराज पाण्डे—प्रतिनिधि सभाका उम्मेदवार—झापा क्षेत्र नं १

प्रतिनिधि सभाको (फागुन २१)को निर्वाचनमा झापा क्षेत्र नं १ बाट नेपाली काँग्रेसबाट केशवराज पाण्डे उम्मेदवार रहेकाछन् । नेपाल बिध्यार्थी संघबाट काँग्रेस राजनीतिमा यात्रारत पाण्डेसँग चौतारी पोष्ट अनलाइनका सम्पादक जी एन शर्माले गरेको संक्षिप्त वार्ता प्रस्तुत गरिएको छ ।

तपाईको उम्मेदवारी किन ?

पाण्डे—देश र जनताको पक्षमा आफुले जाने सम्म सत्कर्मका साथ योगदान गर्नका लागि नै मेरो उम्मेदवारी हो ।साथै आजका मिति सम्म मैले बुझेको राजनीतिमा मुल्य,मान्यता र आदर्शको जगमा रहेर जनसेवाका लागि मेरो उम्मेदवारी हो ।

मतदाताहरुको प्रतिकृया कस्तो पाउनु भएको छ ?

पाण्डे—झापाको क्षेत्र नं १ सँग मेरो भावनात्मक सम्बन्ध रहेको छ ।मत माग्दै जाँदा सबै परिचितकै घरआँगनमा पुगेको छु ।मलाई लाग्छ झापा क्षेत्र नं १ समग्रतामा मेरो परिवार जस्तै हो । जहाँ पुगेका पनि कसैको दाइ,कसैको भाइ,कसैको छोरो,भतिज,मामा र काकाकै रुपमा पुगे जस्तो लाग्छ ।चुनावमा मत माग्दै जाँदा राजनीतिक रुपमा भन्दा पनि पारिवारिक भेटघाट भए जस्तो लाग्छ ।सबैले साथ दिनु हुनेछ भन्ने पनि मलाई विश्वास छ । किनभने क्षेत्र नं १ को माटोमा हुर्कीएको यहीँको समाजको स्नेह र प्रेरणाले आजको केशव पाण्डे भएको हो ।यस क्षेत्रका समस्या र संभावनालाई केशवले जानेको छ,बुझेको छ र भोलीका दिनमा हाम्रो भरोसा र विश्वासलाई टुट्न दिदैन भन्ने सबैलाई थाहा छ ।
पुरानाको काम छैन भन्ने पनि सुनिन्छ नि ?

पाण्डे—पुरानोको परिभाषा केहो ?पुरानो के लाई भन्ने अनि नयाँ के लाई भन्ने ?पुरानोको कुरा गर्नु हुन्छ भने पुरानाको इतिहाँस पनि पढ्नु पर्छ ।यो देशमा परिवर्तनका लागि बलिदान को भयो ?परिवर्तनको आन्दोलनमा गरेका त्याग र समपर्ण कसले गरेको छ ?अनि आज जसले पुराना पुराना भनेर आफुलाई नयाँ बनाउने र भनाउने भ्रम छरेकाछन् उनीहरुको विगत केहो ,वर्तमान कस्तो छ र भविष्य केहो ?जो सँग नविन सोच,नविन विचार र नविन चिन्तन छ उनै नयाँ हो ।अझ भन्ने हो भने नेपाली काँग्रेस सबै भन्दा नयाँ हो ।नेपाली काँग्रेसमा युवाहरुको नयाँ नेतृत्व छ ,काँग्रेस अहिले नयाँ नेतृत्व सहित लोकतन्त्र,शान्ति,सद्भाव,समृद्धि र सुशासनको याात्रामा अघि बढेको छ अब भन्नु होस काँग्रेस भन्दा नयाँ अरु कोही छ ।
तपाईहरुलाई मतदाताले भरोसा र विश्वास गर्लान ?

पाण्डे—नेपाली काँग्रेसलाई र काँग्रेसका उम्मेदवारलाई भरोसा र विश्वास नगरे कसलाई गर्ने त ?काँग्रेस जनताको पार्टी हो,काँग्रेस जनताका हरेक दुःख र सुखमा साथ रहने साथी पनि हो ।नेपालको राजनीतिक परिवर्तनको आन्दोलनको इतिहाँसदेखि वर्तमान सम्मलाई हेर्नु होला हरेक संकटको समाधान भनेकै काँग्रेस हो अनि जनताले कसको विश्वास र भरोसा गर्छन् ?नेपाली काँग्रेस मात्रै एउटा त्यस्तो पार्टी हो जो हरेक समय सापेक्ष अघि बढेको छ र बढ्छ ।हामी भ्रमको खेती गर्दैनौँ,हामी अरुलाई मिथ्या आरोप लगाउँदैनौँ,हामी शान्ति र लोकतन्त्रका पक्षपाती हौँ अनि मतदाताले कसलाई साथ दिन्छन् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button