खबर

माथिल्लो तामाकोशीः भारतीय ठेकेदारको काम सुस्त, लम्बिने भयो समयावधि

दोलखाको बिगु गाउँपालिका –१, लामाबगरमा निर्माणाधीन माथिल्लो तामाकोशी जलविद्युत् आयोजना ठाडो सुरुङकै कामले पछि धकेलिने भएको छ ।

आयोजनाको सबैभन्दा कठिन मानिएको ३७३ मिटरको तल्लो भर्टिकल सुरुङ र ३१० मिटरको माथिल्लो भर्टिकल सुरुङमा पेनस्टक पाइप राख्ने काममा ढिलाइ भएसँगै तामाकोसी आयोजनाको उत्पादन मिति पनि पछि धकेलिने भएको हो ।

तामाकोसी आयोजनाको लट नम्बर २ को हाइड्रो मेकानिकल कामको जिम्मेवारी पाएको भारतीय ठेकेदार कम्पनी टेक्सम्याको रेल्वे इन्जिनियरिङले पेनस्टक जडानको काममा समेत ढिलाइ गरेको छ । गोरखपत्र दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button