खबर

भारतको आर्थिक वृद्धिदरको पूर्वानुमान खस्क्यो

नयाँदिल्ली, (एजेन्सी)।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०२० का लागि भारतको आर्थिक वृद्धिदरको पूर्वानुमानलाई तल झार्दै ४ दशमलव ८ प्रतिशत पुर्याएको छ।

आईएमएफको यो पूर्वानुमान गैरबैंकिङ वित्तीय कम्पनीमा दबाबलगायत ग्रामीण भारतमा आयवृद्धि कमजोर भएको उल्लेख गर्दै कम गरेको हो।

आईएमएफले सन् २०१९ मा भारतको आर्थिक वृद्धिदर ४ दशमलव ८ प्रतिशत, सन् २०२० मा ५ दशमलव ८ प्रतिशत र त्यसपछिको वर्ष अर्थात सन् २०२१ मा ६ दशमलव ५ प्रतिशत हुन सक्ने जनाएको छ।

गैरबैकिंग वित्तिय क्षेत्र र ग्रामीण क्षेत्रमा आयमा कमजोर वृद्धिका कारण भारतको आर्थिक वृद्धिदरको अनुमान कम गरिएको आईएमएफका मुख्य अर्थशास्त्री गीता गोपिनाथले बताएको समाचार एजेन्सी पीटीआईले जनाएको छ।

दोस्रो र चीनको आर्थिक वृद्धिदर सन् २०२१ मा सून्य दशमलव २ प्रतिशतले बढेर ६ प्रतिशत पुग्ने अनुमान गरिएको छ। भारतमा घरेलु माग अपेक्षा गरिएको भन्दा विपरीत तिव्र कमी आएको आईएमएफले जनाएको छ।

आईएमएफका प्रमुख अर्थशास्त्री गीता गोपीनाथले सन् २०२० मा विश्वको आर्थिक वृद्धिमा तिव्रता आउने अनिश्चित रहेको बताए।यसको प्रमुख कारणमा ब्राजिल, भारत र मेक्सिकोजस्ता देशले क्षमताअनुरुप प्रदर्शन नगरेको उनले बताए।

भारतको कुल गार्हस्थ उत्पादन (जीडीपी)मा गिरावटपछि अब बढ्दो महँगी पनि सरकारका लािग समस्या बनेको छ। डिसेम्बरमा महँगी बढेर ७ दशमलव ३५ पुगेको थियो।

त्यसै गरी भारतको रोजगारी क्षेत्रमा पनि अपेक्षाकृत वृद्धि हुन सकेको छैन। एसबीआईले हालै मात्र दिएको प्रतिवेदनमा आर्थिक वर्ष २०१९–२० मा भारतमा कुल १६ लाख रोजगारी कमी हुन सक्छ।newsofnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button