खेलकुद

सहिद सप्ताहका अवसरमा खेलकुद

काठमाडौँ : सहिद सप्ताहका अवसरमा नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) लुम्बिनी ब्युरोअन्तर्गतका विभिन्न जिल्लाहरूमा भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

ब्युरोअन्तर्गतका जिल्लाहरू कपिलवस्तु, अर्घाखाँची र नवलपुरमा प्रतियोगिता सम्पन्न भएको हो । अखिल क्रान्तिकारीले सहिद प्रज्वल स्मृति भलिबल प्रतियोगिता सम्पन्न गरेको हो । उक्त अवसरमा अखिल (क्रान्तिकारी) ले विभिन्न खेलकुदका सामग्रीहरूसमेत वितरण गरेको छ ।

कपिलवस्तुमा आयोजना गरिएको प्रतियोगितामा विजेता खेलाडीहरूलाई पुरस्कार वितरण गर्दै अखिल क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य एवम् लुम्बिनी क्षेत्रीय समन्वय समितिका संयोजक वीरेन्द्र विकले विद्यार्थीका लागि अध्ययनबाहेक अतिरिक्त सिर्जनशील क्षमता विकासका लागि प्रतियोगिता गरिएको बताए । उनले शिक्षामा देखिएको माफियाकरण र व्यापारीकरणको अन्त्य वैज्ञानिक समाजवादी शिक्षा प्रणाली लागू भएपछि मात्र हुने भएकाले सम्पूर्ण विद्यार्थी अखिल (क्रान्तिकारी) मा सङ्गठित हुनु जरुरी भएको बताए । सहिदहरूको सपना पूरा गरिछाड्ने उनको भनाइ थियो ।

नवलपुरमा पनि अखिल (क्रान्तिकारी) ले सहिद सप्ताहका अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरेको जानकारी अध्यक्ष रूपा बुढामगरले दिएकी छिन् ।

अर्घाखाँचीमा सम्पन्न प्रतियोगितामा अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष नवीन खड्काले सहिदहरूको सपना पूरा गर्नका लागि आफूहरु तयार रहेको बताउँदै क्रान्तिबाट कहिल्यै विचलित नहुने बताए । कपिलवस्तुमा जिल्ला अध्यक्ष विज्ञान क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतियोगितामा पहिलो दोस्रो र तेस्रो हुने टिमलाई प्रमाणपत्र, मेडल, डायरी र कलम वितरण गरिएको थियो ।eratokhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button