मूल खबर

कोरोना भाइरसले सिक्किममा विदेशी नागरिकहरूको प्रवेशमा प्रतिबन्ध

रम्फु: भारतमा कोरोना भाइरसको प्रकोप देखा परेपछि यता, छिमेकी राज्य सिक्किममा पनि यहाँ घुम्न आउने सबै विदेशीहरूको प्रवेशमा पूर्ण रोक लगाएको छ। यस वाहेक यहाँ घुम्न आउने सबै पर्यटकहरूमाथि कठोर नजर राखिनको साथै सिक्किमको प्रवेशद्वार रम्फु चेकपोस्टमा रोकेर तिनीहरूलाई चेक गरिने कार्य आरम्भ गरिएको छ। चेक अवधि यदि कुनै विदेशी नागरिक देखा परे तिनीहरूलाई सिक्किम पस्नमा निषेध गरेर फर्काइने कार्य सुरू गरिएको बताइएको छ।

चीनबाट सुरू भएको कोरोना भाइरसले हाल विश्वको कतिपय देशहरूमा मानिसहरू प्रताड़ित बन्नको साथै केही देशहरूमा मानिसहरूको असमायिक निधन भइरहेको छ। यता भारतको कतिपय शहरहरूमा पनि अहिले कोराना भाइरसको संक्रमणले पीड़ित भएको आशंकामा मानिसहरूको जाँच चलिरहेको छ। देशको प्रत्येक विमान अड्डा तथा रेलवे स्टेशन आदि जस्ता ठाउँहरूमा कोरोना भाइरसबारे मानिसहरूको जाँच चलिरहेको छ। यसको साथै सबै विदेशी पर्यटकहरूको आगमनमा पूर्ण रोक समेत लगाएको छ।

सीटु-द्वारा भोलि जेल भरौँ आन्दोलन

सिलगढी अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आगामी 6 मार्च 2020-को दिन दार्जिलिङ जिल्ला सिटु-द्वारा सिलगढीमा जेल भरौं आन्दोलन गर्ने कार्यक्रम रहेको छ। यसबारेमा दार्जिलिङ जिल्ला सीटु नेता समन पाठकले जानकारी दिएका छन्। तिनले दिएको जानकारीअनुसार आगामी अन्तर्राष्ट्रिय महिला दिवसको दिन दार्जिलिङ जिल्लाको सीटु महिला कार्यकर्ताहरूले सिलगढीको महकुमा शासक कार्यालय अघिल्तिर धरना प्रदर्शन गर्दै जेल भरौँ आन्दोलन गर्ने भएको छ। उक्त दिन अपरान्ह 3 बजेर 30 मिनटमा एयरभ्युदेखि एउटा सीटु महिला कार्यकर्ताहरूले विक्षोभ र्‍यालीको पनि आयोजना गरेर सहरका विभिन्न पथहरूको परिक्रमा गर्दै अन्तमा महकुमा शासक कार्यालयमा पुगेर जेल भरौँ आन्दोलनमा परिणत हुने बताइएको छ।

भाजपा कालेबुङका पदाधिकारीसहित अन्य गोजमुमोमा सामेल

कालेबुड : गोजमुमो विनयपन्थीको आज कालेबुङमा एउटा सभा सम्पन्न भयो। उक्त सभामा भारतीय जनता पार्टी कालेबुड जिल्लाका केही पदाधिकारी लगायत कार्यकर्ताहरूले आफ्नो पार्टी त्यागेर गोर्खा जनमुक्ति मोर्चा (बिनय खेमा) मा सामेल भए। यस अवसरमा उपस्थित गोजमुमो केन्द्रीय समिति सदस्य रूदेन लेप्चा, जिल्ला समिति अध्यक्ष सञ्चबीर सुब्बा, जिल्ला प्रवक्ता भुवन पी खनाल आदिले तिनीहरूलाई पार्टीको झण्डा प्रदान गर्दै स्वागत जनाए। भाजपा त्यागेर गोजमुमोमा सामेल हुनेहरूले बताए अनुसार गोजमुमो अध्यक्ष विनय तामाङ अनि महासचिव तथा जाटीए चेयरम्यान अनित थापाको नयाँ सोंच, नयाँ विचारलाई आफुहरूले आत्मसात् गर्नको साथै हाल पहाड़को विभिन्न ठाउँहरूमा गोजमुमोको तर्फबाट भइरहेको चौतर्फी विकाशमूलक कार्यहरूबाट प्रभावित बनेर पार्टी परिवर्तन गर्ने निर्णय लिएको हो। यसको साथै भाजपाले पहाड़मा कुनै प्रकारको विकाश कार्य नगरेको अनि गोर्खाहरूको स्थायी राजनीतिक समाधान नगरेर ढ़ाँटको राजनीति गरिरहेको तिनीहरूले आरोप लगाए।

भाषा शिक्षक नियुक्तिबारे मुख्यमन्त्री र शिक्षामन्त्रीले हस्तक्षेप गर्न पर्ने भाजपाको माग

गान्तोक: सिक्किम राज्यमा भाषा शिक्षकहरूको नियुक्तिको निम्ति भाषाप्रेमीहरूले माग उठाउँदै आइरहेको विषयमा भारतीय जनता पार्टीले पनि यस मागको वकालत गर्दै विगत लामो समयदेखि आवाज उठाउँदै आइरहेको दावी गरेको छ। प्राप्त जानकारी अनुसार गत दुई वर्ष अघि राज्यको शिक्षा विभागले प्रथमपल्ट नेपाली, लेप्चा, भोटियालगायतका विभिन्न भाषामा शिक्षक नियुक्ति प्रक्रिया शुरू गरेर फरवरी 2019 मा सम्पूर्ण अन्तर्वार्ताहरू पूरा गरेको थियो। तर नियुक्तिमा ढिलाईका साथै कतिपय असमान नीतिलाई केही व्यक्तिले न्यायालयमा चुनौती दिएपछि उक्त सम्पूर्ण प्रक्रियालाई गत 25 फरवरीको दिन विभागले एउटा अधिसूचना जारी गरेर निरस्त गरेको छ। यसर्थ भारतीय जनता पार्टी सिक्किम राज्य एकाईले भाषाको शिक्षक नियुक्ति सम्बन्धमा राज्यका मुख्यमन्त्री तथा शिक्षामन्त्रीले सोझै हस्तक्षेप गरेर विगतका कमी-कमजोरीहरूलाई पन्साउँदै नयाँ नीति निर्धारण गरेर समस्याको समाधान गरिदिउन् भनी सिक्किम राज्य भाजपा एकाईले माग गरेको छ। वर्तमान शैक्षिक सत्रमा भाषा शिक्षकहरूको नियुक्ति नभएकोले विद्यार्थीहरूले जुन नोक्सानी खप्नुपरेको छ, त्यस कुरालाई ध्यानमा राख्दै चाँड़ै समान नीति निर्धारण गरेर नियुक्ति प्रक्रिया पूरा गरिनुपर्ने आफ्नो पार्टीको माग रहेको राज्य भाजपा अध्यक्ष डीबी चौहानले बताएका छन्।siliguritimes/india

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button